नेभिगेशन
सुरक्षा/अपराध

अवैध रुपमा नदीजन्य सामग्री ओसारपसारमा संलग्न दुई ट्याक्टर नियन्त्रण

अवैध रूपमा नदीजन्य सामाग्री ओसारपसारमा  संलग्न दुईवटा ट्याक्टरलाई  स्याङ्जा प्रहरीले नियन्त्रणमा लिएको छ ।प्रहरीले  ग १ त ७४०९ र ग १ त ५७६९ नम्बरका २ वटा ट्याक्टरलाई भीरकोट र वालिङ नगरपालिकाबाट नियन्त्रणमा लिएको हो।

मंगलबार बिहान प्रहरी चौकी दहथुमबाट खटिएको प्रहरी टोलीले भीरकोट नगरपालिका –२, ठाडोलाइन क्षेत्रमा सवारीसाधन चेकजाँच गर्ने क्रममा  ग १ त ७४०९ नम्बरको ट्याक्टरले स्टक प्रमाणित नभएको बालुवा ओसारपसार गरेको फेला पारेपछि नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको ट्याक्टरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भीरकोट नगरपालिकाको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

यसैगरी, अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा वालिङ नगरपालिका –९, नाकेडाँडामा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष टोलीले ग १ त ५७६९ नम्बरको ट्याक्टरलाई बालुवा लोड गर्दै गरेको अवस्थामा फेला पारेको थियो । उक्त ट्याक्टरसमेत नियन्त्रणमा लिइ अनुसन्धान तथा कारबाहीका लागि वालिङ नगरपालिकाको कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्