नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
सुरक्षा/अपराध

प्रहरीद्वारा लाखौँ मूल्यको अवैध सामग्री  बरामद

स्याङ्जामा प्रहरीले अवैध रूपमा ओसारपोसार भएका लाखौँ मूल्यका  लाइट, जुत्ता र कुर्थासुरुवाल बरामद गरेको छ l फेदीखोला गाउँपालिका वडा नम्बर-०२ चेकपोष्ट स्थित सिद्धार्थ राजमार्गमा प्रहरी चौकी फेदिखोलाबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरू चेकजाँच गर्ने क्रमा बुटवलबाट पोखरा जाँदै गरेको लु. १ ख. ८२१५ नम्बरको बसको छतबाट बिल नभएको विभिन्न १० प्रकारका (रात्री क्लवमा प्रयोग हुने) लाईटहरू ९० थान  फेला पारेको हुँदा बरामद गरी आवश्यक कानूनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय  स्याङ्जाले जानकारी दिएको छ l प्रहरीले भाद्र ११ गते बुधबार उक्त सामानहरू बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिनुभयो l

यसैगरी भाद्र १८ गते गल्याङ नगरपालिका वडा नम्बर -०१ राम्दी स्थित सिद्धार्थ राजमार्गमा वडा प्रहरी कार्यालय वालिङ र अस्थायी प्रहरी चोकी राम्दी, स्याङ्‌जाबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरू चेकजाँच गर्ने क्रममा बुटवलबाट पोखरा तर्फ जाँदै गरेको ग. १ जन. ८५५९ नम्बरको इभि  भ्यानमा बिल नभएको  नाइक र जोर्डन ब्रान्डका ६० (साठी) जोर जुत्ता  र ७५ (पचहत्तर) पिस कुर्थासरवाल फेला पारेको हुँदा बरामद गरी आवश्यक कानूनी प्रक्रिया अगाडी बढाईएको सूचना अधिकारी  चौधरीले जानकारी दिनुभयो l

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्