नेभिगेशन
सुरक्षा/अपराध

प्रहरीद्वारा ५० थान अवैध आइफोन बरामद

स्याङ्जामा प्रहरीले  ५० थान अवैध आइफोन बरामद गरेको छ। आइतबार  सिद्धार्थ राजमार्गको राम्दी चेकपोस्टमा सवारी चेकजाँच गर्ने क्रममा अवैध रुपमा ओसारपसार गरेको  ५० वटा आइफोन   सेटहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

प्रहरीले  IPHONE 13 PRO  २८ वटा ,  IPHONE 11 PRO  ७ वटा ,  IPHONE 12 PRO  ३ वटा, IPHONE 14 PLUS १ वटा , IPHONE 13 PRO MAX  १ वटा, IPHONE RX ६ वटा,  अन्य मोडल नखुलेको IPHONE थान ४ गरी जम्मा ५० थान बरामद गरिएको सूचना अधिकारी  प्रसन्न राज चौधरीले जानकारी दिनुभयो।

वडा प्रहरी कार्यालय वालिङ र अस्थायी प्रहरी चौकी राम्दी, स्याङ्जाबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरू चेकजाँच गर्ने क्रममा बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु. २ ख. १४०३ नम्बरको यात्रुवहाक बसमा प्रयोग भईसकेका तर  बिल नभएका आइफोन सेटहरू फेला पारेको हुँदा बरामद गरी आवश्यक कानूनी प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी  चौधरीले जानकारी दिनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्