नेभिगेशन
शिक्षा तथा खेलकुद

शुक्लागण्डकी र भीरकोटको विजयी सुरूवात

बयरघरी पिस युथ क्लबले भीरकोट नगरपालिका १ मा आयोजित रमाइलो मेलामा आयोजित पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता शुक्लागण्डकी र भीरकोट बिजयी शुरुवात गरेका छन् । 

क्लबले बडा दशैं र दिपावालीको अवसरमा  आयोजना गरेको रमाइलो मेलामा आयोजित पालिका स्तरीय पुरुष भलिबलमा शुक्लागण्डकीले बयरघारी युवा क्लबलाई ३–१ को सेटमा २८–२६, १९–२५, २५–२२ र २७–२५ अंकले जितेको हो । यस्तै भीरकोट नगरपालिकाले अर्जुन चौपारी गाउँपालिकालाई सिधा सेटमा ३३–३१, २५–२२ र २७–२५ को अंकले जितेको हो । 

 

भीरकोट खेलमैदान सिसौघारीमा आयोजित प्रतियोगितामा विजेताले १ लाख १५ हजार, द्वितीयले ७० हजार , तृतीयले ४० हजार र सान्त्वनाले ३० हजार रुपियाँ सहित कप, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा उत्कृष्ठ खेलाडी, उत्कृष्ठ स्पाइकर, लिफ्टर, ब्लकर, लिब्रो, सर्वरले पुरस्कार पाउने छन् । 

प्रतियोगतामा तनहुँको शुक्लागण्डकी सहित अर्जुन चौपारी, बिरुवा, कालीगण्डकी, पुतजीबजार, गल्याङ गरेर ११ पालिकाको सहभागिता रहेको छ । असोज २३ गते देखि शुरु भएको रमाइलो मेलामा २८ गतेबाट खेल शुरु भएका हुन भने कार्तिक २ गते सम्म संचालन हुने छ । 

रमाइलो मेलामा व्यापारिक स्टल, बाल उद्यान र स्थानीय र राष्ट्रिय कलाकारको सांस्कृतिक प्रस्तुती समेत समावेश गरिएको छ। रमाइलो मेलाको मुख्य प्रायोजक भीरकोट नगरपालिका रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्