नेभिगेशन
शिक्षा तथा खेलकुद

आधारभूत तहका गणित शिक्षकलाई तालिम

स्याङ्जाको भीरकोट नगरपालिकामा आधारभूत तहमा  गणित अध्यापन गर्ने शिक्षकहरूलाई १ दिने तालिम दिइएको छ। आधारभूत तहमा गणितको सिकाइलाई सरल, सहज र प्रभावकारी बनाउन एवं विद्यार्थीलाई सिकाइप्रति आकर्षित गर्न आधारभूत शिक्षा विकास परियोजना कार्यक्रम अन्तर्गत तालिम दिइएको जिल्ला सहजकर्ता विनोद न्यौपानेले जानकारी दिनुभयो। विशेषगरी  कक्षा १-३ को गणित विषयको पठनपाठन सुधार गर्ने उद्देश्यले जाइका र  नेपाल सरकारको सहकार्यमा तालिम दिइएको न्यौपानेले बताउनुभयो।1000039012-1760544140.jpg

शिक्षकको सहजतालाई मध्यनजर गरेर असोज २२ गतेदेखि २६ गतेसम्म ५ वटा केन्द्रमा संचालन भएको तालिममा ८१ जना शिक्षकरूको सहभागिता रहेको थियो। असोज २२ गते सहिद शुक्र मा.वि. , २३  गते भाग्योदय मा.वि. ,२४ गते पव्लिक  मा.वि. ,  २५ गते दहथुम मा.वि. र २६ गते  शिरकोट मा.वि. गरि ५ वटा तालिम केन्द्रमा तालिम संचालन  गरिएको थियो।भीरकोटमा भएको तालिममा टोल प्रसाद रेग्मी, रेशम लाल खनाल र मोहन बस्यालले प्रशिक्षण दिनुभएको थियो।

स्याङ्जाको आँधिखोला, फेदिखोला, बिरुवा, भीरकोट, अर्जुन चौपारी,पुतलीबजार गरि ६ वटा पालिकामा आधारभूत शिक्षा विकास परियोजना लागू भएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्