नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
शिक्षा तथा खेलकुद

सकियो फेदीखोला राष्ट्रपति रनिङ शिल्ड ,१८ स्वर्णसहित  सिद्धार्थ मावि प्रथम 

"सबैका लागि खेलकुद ,स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद" नारासहित स्याङ्जाको फेदीखोला गाउँपालिकामा संचालन भएको तीन दिवसीय आठौं राष्ट्रपति रनिङ शिल्ड एवं  अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा  सम्पन्न भएको छ।मंसिर ३ देखि ५ गतेसम्म फेदीखोला रंगशालामा संचालन भएको रनिङ शिल्ड प्रतियोगितामा १८ स्वर्ण पदकसहित   सिद्धार्थ माध्यमिक विद्यालय प्रथम भएको छ।

सिद्धार्थ माविले १८ स्वर्ण, ६ रजत र ४ कास्यसहित रनिङ शिल्ड हात पारेको छ । उपाधि विजेता सिद्धार्थ माविले शिल्डसहित ट्रफी, मेडल, प्रमाणपत्र र ३० हजार रुपैयाँ नगद प्राप्त गरेको छ । प्रतियोगितामा ७ स्वर्ण, ५ रजत र ७ कास्य पदकसहित  चण्डीडाँडा माध्यमिक विद्यालयले  दोस्रो स्थान प्राप्त गरेको छ  । ४ स्वर्ण, १२ रजत र १२ कास्यसहित दामगाडे मावि तेस्रो बनेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवीन थापाले जानकारी दिनुभयो । प्रतियोगितामा दोस्रो र तेस्रो हुनेलाई क्रमशः २० हजार र १० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

भलिवलमा छात्र तर्फ उत्कृष्ट स्पाईकरको उपाधि आयुष भुजेल चण्डी डाँडा मा.वि.  का  आयुष भुजेलले जित्नुभएको छ।यसैगरी सिद्धार्थ मा.वि का  किरण कुँवरले उत्कृष्ट सेटर,चण्डीडाँडा मा.वि. का समीर सुनारले उत्कृष्ट ब्लकर, र भलिवल छात्रा तर्फ चण्डी डाँडा मा.वि. का बविता परियार  उत्कृष्ट खेलाडीको उपाधी जित्नुभएको छ। उत्कृष्ट मार्चपास प्रदर्शनीमा भने सिद्धार्थ  मा.वि प्रथम भएका छ।कार्यक्रममा विभिन्न विद्यालय बाट सांगीतिक प्रस्तुति समेत रहेको थियो।

उक्त प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, हाईजम्प, लङजम्प, ज्याभलिन थ्रो र सटपुटजस्ता विधाहरू समावेश थिए ।खेलकुदमार्फत विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता र अनुशासन विकास गर्ने उद्देश्यले प्रतियोगिता संचालन गरिएको बताउँदै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले प्रतियोगिताले विद्यार्थीको शारीरिक, मानसिक विकास र अनुशासन प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

विजेता तथा उपविजेताहरूलाई फेदीखोला गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतियोगितामा पालिकाभित्रका ११ वटा माध्यमिक  विद्यालयहरूबीच प्रतिस्पर्धा भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्