नेभिगेशन
विज्ञान प्रविधि

त्रिभुवन आदर्श मा.वि. मा विज्ञान प्रदर्शनी,७२ समुहले देखाए आफ्नो प्रतिभा 

स्याङ्जा सदरमुकाममा रहेको  त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयले विज्ञान प्रदर्शनी सम्पन्न गरेको छ। पुतलीबजारका नगर प्रमुख तुलसी राम रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विद्यालयका ७२ समुहले आफ्नो प्रतिभा र आविष्कारहरू देखाएका थिए। आधारभूत तह (१-५) का विद्यार्थी बाट  ३० वटा , आधारभुत तह (६-८) बाट १८ वटा  र माध्यमिक तह (९-१२)बाट २४ वटा गरि जम्मा ७२ वटा समुहले आफ्नो प्रदर्शनी प्रस्तुत गरेको कार्यक्रम संयोजक एवं विज्ञान विषय प्रमुख नवराज सुवेदीले जानकारी दिनुभयो।

विद्यार्थीहरूले आफैले निर्माण गरेका विज्ञान ,कम्प्युटर र इन्जिनियरिङसंँग सम्बन्धित अत्यन्तै आकर्षक सामग्रीहरु प्रदर्शन गर्दै  सोको बारेमा विस्तृत विवरण समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले विज्ञान प्रदर्शनी कार्यक्रम अत्यन्तै रामो र सान्दर्भिक भएको बताउदै यस्ता कार्यक्रमले विद्यार्थीमा उत्सुकता थप्नुको साथै खोजमुलुक र अनुसन्धान मुलुक बनाउने र शिक्षण  सिकाइमा सहजता हुने बताउनु भयो। 

विद्यालयका प्रधानाध्यापक प्रेम प्रसाद पौडेलले विद्यार्थीहरुको उत्साहपूर्ण  सहभागीता प्रती खुसी व्यक्त गर्दै सम्पूर्ण सहभागीहरूलाई  धन्यवाद  व्यक्त गर्नु भएको  थियो। कार्यक्रममा नागरिक समाज स्याङ्जाको अध्यक्ष ओम प्रकाश शर्माले शुभकामना मन्तव्य राख्दै विज्ञान प्रदर्शनी  कार्यक्रम फलदायी  हुने हुँदा निरन्तरताको आवश्यकतामा जोड दिनुभएको थियोे।

विद्यालयमा हरेक वर्ष नियमित रूपमा  संचालन गरिदै आएको विज्ञान प्रदर्शनी कार्यक्रम यस बर्ष पनि तहगत रूपमा तीन तहमा बिभाजन गरेर सन्चालन गरिएको र सोही अनुसार पुरस्कर वितरण गरिने भएको छ । माध्यमिक तह(९-१२)मा प्रथम लाई रु ६ हजार  द्वितीयलाई  रु ४ हजार  तृतीयलाई  रु ३हजार  र सन्त्वनालाई रु १ हजार नगद पुरस्कार  प्रदान गर्ने गरिने विद्यालयले जानकारी दिएको छ। त्यसरी नै आधारभूत तह (६-८) मा प्रथम हुनेलाई रु ३ हजार, द्वितीय हुनेलाई रु २हजार, तृतीयलाई रु १हजार  र सान्तवना रु ५ सय  नगद पुरस्कार प्रदान गरिने छ। 

आधारभूत तह (१-५) मा प्रथमलाई रु १ हजार ५ सय, द्वितीयलाई रु १ हजार ३ सय , तृतीयलाई रु ९ सय  र सान्त्वना रु ८ सय  गरी जम्मा रु २५ हजार )बराबरको नगद पुरस्कार प्रदान गरिने कुरा विद्यालयका विज्ञान विषयका प्रमुख नवराज सुवेदीले बताउनु भयो। 

विभिन्न महत्त्वपूर्ण र नयाँ प्राविधिहरू समावेश गरिएको सो प्रदर्शनीमा विद्यालयका अभिभावक,शिक्षक,विद्यार्थी साथै नगरपालिका स्थित अन्य विद्यालयरुले समेत अवलोकन गरेका थिए। विद्यालयका विद्यार्थीहरु कक्षा -९ का प्रशान्त यादब र कक्षा -१० का शश्रीक दोरङा बाट निर्माण गरिएको विद्यालयको लागि उपयोगी कम्प्युटर सफ्टवेयर समेत  सो प्रदर्शनीमा राखिएको थियोे।

   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै