नेभिगेशन
विज्ञान प्रविधि

विज्ञान सामाग्री प्रदर्शनीमा त्रि-शहिद मा.वि. सर्वोत्कृष्ट

स्याङ्जाका विद्यार्थीहरुले आफूले आविष्कार  गरेका  विज्ञान, प्रविधिनवप्रवर्तन सम्बन्धी  सिर्जनात्मक सामाग्रीहरुको प्रदर्शनी गरेका छन्। एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा भएको विज्ञान प्रदर्शनीमा आँधीखोला गाउँपालिकाको त्रि-शहिद नमुना माध्यमिक विद्यालय प्रथम भएको छ । प्रतियोगितामा भानुभक्त आचार्य मा.वि.,गल्याङ द्वितीय, जीवन ज्योती मा. वि., बिरुवा तृतीय र त्रिभुवन आदर्श नमुना मा.वि., पुतलीबजार सान्त्वना भएका छन् ।

गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्र प्रसाद तिवारीले विद्यार्थीहरुलाई भविष्यमा विज्ञान सँगै विविध नवप्रवर्तन क्षेत्रमा खोज, अनुसन्धान गरी भविष्यमा वैज्ञानिक उत्पादन गर्न यस किसिमको कार्यक्रमको महत्वपूर्ण योगदान पुग्ने बताउनु भयो ।

1000059639-1778770155.jpg
सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले मुलुकको समग्र विकास र समृद्धिको लागि विज्ञान र प्राविधिको क्षेत्रमा आजैबाट बालबालिकमा रुची र महत्व बुझाउन यस कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गर्नु भयो ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विश्वराज आचार्यले भविष्यमा दक्ष वैज्ञानिक, अनुसन्धानकर्ता, प्राविधिक तथा नवप्रवर्तनकर्ता उत्पादन गर्न बालबालिकालाई सानै देखी नवप्रवर्तन, विज्ञान र प्रविधिमा आकर्षित गराउनु पर्ने कुरा बताउनु भयो ।

एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले बालबालिकाहरुमा रहेको विज्ञान तथा प्रविधिको प्रयोगात्मक ज्ञान एवम् आविष्कार सम्बन्धी  अन्तर्निहित प्रतिभा प्रस्फुटनमा टेवा पुग्ने र नवप्रवर्वतनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

जिल्लाको भू.पू सैनिक आवासीय माविको प्राङ्गणमा सम्पन्न भएको विज्ञान सामाग्री प्रदर्शनी प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तहका १२ वटा विद्यालयका सहभागि भएका थिए भने   अन्य थप २० जना विद्यार्थी वैज्ञानिकहरुले विज्ञान, प्रविधिसँगै  आविष्कार र नवप्रवर्तनको प्रदर्शनी गरेका थिए ।

कार्यक्रममा प्रथम, द्धितीय, तृतीय र सान्तवना स्थान हासिल गर्न सफल विद्यालयहरुलाई क्रमश १० हजार, ७ हजार, ५ हजार, ३ हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रका विभिन्न आविष्कार र सिर्जनशिलता प्रस्तुत गर्ने विद्यार्थीहरुलाई नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।

विज्ञान शिक्षक समाज गण्डकी प्रदेश सल्लाहकार तथा विज्ञान शिक्षक राजकुमार ढकाल र विज्ञान शिक्षक समाज गण्डकी प्रदेश अध्यक्ष तथा विज्ञान शिक्षक सुजन लम्सालले कार्यक्रमको मूल्यांकन गर्नुभएको थियो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्