नेभिगेशन
सुरक्षा/अपराध

स्याङ्जामा  ९ जना चालक प्रहरी नियन्त्रणमा 

जिल्ला प्रहरी कार्यालय स्याङ्‌जाले बिहिबार  ९ जना चालकहरूलाई नियन्त्रणमा लिएको छ। लागुपदार्थ सेवन गरी सवारी चलाउने स्याङ्जा जिल्लाका ६ जना र अन्य जिल्लाका ३ जना गरि ९ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। सडक दुर्घटनालाई न्युनिकरण गर्ने उद्देयले सुरू गरिएको लापसे चेकिङ् अभियान अन्तर्गत चेकजाँचका क्रममा नौ जना सवारी चालकलाई नियन्त्रणमा लिएर कारवाही अगाडी बढाइएको हो । 

 सिद्धार्थ राजमार्ग अन्तर्गत जिल्ला सदरमुकाम पुतलीबजार वडा नं १ बसपार्कमा बिहिबार दिउसो नीजि तथा सार्वजनिक सवारी चेकजाँच गर्नेक्रममा लागुपदार्थ सेवन गरी सवारी चलाएको पाएपछि नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले म.प्र.०३-००२ ख. ४१०१ नं. को ट्रक चालक  रौतहट जिल्ला  चन्द्रपुर न.पा. वडा नं. ०२ बस्ने २७ वर्षीय अक्षय कुमार चौधरी, ग.१ ख. ५५५५ नं. को हाईस चालक स्याङ्जा चापाकोट न.पा.वडा नं.-०४ बस्ने ४१ वर्षीय याम बहादुर गुरुङ, ग. २४ प. ३१० नम्बरको क्रसफाइयर मोटरसारईकल चालक जिल्ला स्याङजा, वालिङ न.पा.वडा नं.-१० बस्ने १९ वर्षीय लिजन थापा, लु. ९२ प. ८४२५ नं. को पल्सर  मोटरसाईकल चालक जिल्ला स्याङजा, गल्याङ न.पा.वडा नं.-०८ बस्ने १९ वर्षीय अभिषेक सारु, ग. २० प. १९९ नं. को केटिएम मोटरसाईकल चालक जिल्ला स्याङजा, वालिङ न.पा. वडा नं.-०६ बस्ने २१ वर्षीय सुमन अर्याल, ग. १६ प. ९०४३ नं. पल्सर मोटरसाईकल चालक जिल्ला स्याङ्जा, भीरकोट १ बस्ने २३ वर्षीय सुविन गुरुङ, लु. ९४ प. ५८३३ नं. को यमाहा मोटरसाईकल चालक जिल्ला कपिलवस्तु, कृष्णनगर न.पा.९ बस्ने २३ वर्षीय सोवित कुमार गुप्ता, लु.प्र.०१-०११ प २२३३ नं. को पल्सर मोटरसाईकल चालक जिल्ला कपिलबस्तु, कृष्णनगर न.पा.८ बस्ने २३ वर्षीय विवेक कुमार चौधरी र ना. ४५ प. २०५ नं. को स्कूटर चालक जिल्ला स्याङ्जा, चापाकोट न.पा.८ बस्ने २८ वर्षीय राजिन नेपालीलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका नौजनालाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी कारवाही पक्रिया अगाडी बढाइएको प्रहरी निरीक्षक कमल नेपाललीले जानकारी दिनुभयो ।

सडक दुर्घटना न्यूनीकरण एवं यात्रालाई थप सुरक्षित, मऱ्यादित र भरपर्दो बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय स्याङ्जाले  गत जेठ ६ गते देखि "ला.प.से. चेकिङ अभियान"  संचालन गरिरहेको छ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्