नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
सुरक्षा/अपराध

१३ लाख मूल्यको अवैध सुर्ती बरामद

अवैध रूपमा ओसार–पसार गरिएको  करिब १३ लाख मूल्य बराबरको सुर्तीजन्य पदार्थ (सुर्ती) प्रहरीले बरामद गरेको छ। पुस १३ गते बिहान ०८:३० बजे अवैध रूपमा सुर्तीजन्य पदार्थको ओसार–पसार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय वालिङ, स्याङ्जाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सुर्ती बरामद गरेको हो।

प्रहरीले प्रदेश ३–०१०२३ च. ८७५२ नम्बरको सुजुकी ईको भ्यान जाँच गर्दा बिना बिलका सुर्तीजन्य पदार्थ फेला पारी बरामद गरेको जनाएको छ।  वालिङ नगरपालिका–१, वडा नम्बर ०८, मालपोत चोक क्षेत्रबाट अवैध सुर्ती फेला पारिएको प्रहरीले जानकारी दिएको छ। 

बरामद सामग्रीमा “सुपर पावर चक्का” लेखिएको सुर्ती राखिएको बोरा ८ थान (प्रति बोरा ५० प्याकेटका दरले जम्मा ४०० पोका), साथै खुला अवस्थामा २ पोका र ३६ थान रहेका छन्। बरामद सुर्तीको मुल्य १२ लाख ९२ हजार १ सय रूपैयाँ  रहेको प्रहरीले जनाएको छ।

बरामद सुर्ती आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, बुटवल, रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका निमित्त सूचना अधिकारी सागर कार्कीले जानकारी दिनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्