नेभिगेशन
शिक्षा तथा खेलकुद

वार्षिकोत्सबको अवसरमा कम्प्युटर उपहार

अर्जुनचौपारी गाउँपालिका १ मा रहेको पञ्चकन्या माध्यमिक विद्यालयलाई खुमा अर्याल फाउण्डेसनले दुई वटा कम्प्यूटर सेट प्रदान गरेको छ । फाउन्डेसनले विद्यालयको ५१ औं वार्षिकोत्सब समारोहमा मोनिटर, सिपियु, किबोर्ड र माउससहितका सामग्री प्रदान गरेको हो । 

फाउण्डेसनका अध्यक्ष लेखनाथ शर्मा सहितको टोलीले विद्यालयलाई कम्प्यूटर सेट हस्तान्तरण गरेको हो । विद्यालयमा विद्यार्थीहरुलाई प्रविधि मैत्री शैक्षिक सिकाइका लागि कम्प्युटर कमी भएको र ब्यवस्थापन समितिले माग गरेसँगै प्रदान गरिएको शर्माले बताउनुभयो । 


कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकाका प्रमुख  प्रकाश तिवारीले  विद्यालयको शैक्षिक भौतिक विकासमा सबैको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।उहाँले विद्यालयलाई राम्रो बनाउन शिक्षक, अभिभावक र विद्यार्थीको समाजन दायित्व रहेको बताउनुभयो । 
शिक्षालाई उत्कृष्ट बनाउन स्थानीय सरकार सधैं विद्यालयको पक्षमा   रहेको बताउदै तिवारीले विद्यालयलले सहकार्यको  वातावरण बनाउनुपर्ने  बताउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्