नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
शिक्षा तथा खेलकुद

स्याङ्जालाई क्रिकेट हब बनाउने लक्ष्यसहित ‘खुमा अर्याल कप' आयोजना हुँदै

स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित मालेबगर खेलमैदानमा ‘प्रथम खुमा अर्याल कप टी–२० रनिङ कप क्रिकेट’ प्रतियोगिता आयोजना हुने भएको छ। खुमा अर्याल फाउन्डेसन स्याङ्जाको आयोजना, पुतलीबजार नगरपालिकाको सहकार्य र जिल्ला क्रिकेट संघ स्याङ्जाको प्राविधिक सहयोगमा यही माघ २ गतेदेखि १० गतेसम्म पालिका स्तरीय प्रतियोगिता सञ्चालन हुन लागेको हो।

जिल्लाको समग्र खेलकुद क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले दिनुभयो। टी–२० क्रिकेटको राष्ट्रिय प्रतियोगिताका लागि जिल्ला टिम छनोट गर्ने तथा स्याङ्जा सदरमुकामलाई क्रिकेट लगायतका खेलको हबका रूपमा विकसित गराउने महत्त्वाकांक्षी योजनाका साथ अघि बढिरहेको उहाँले बताउनुभयो।

प्रतियोगितालाई समावेशी र युवा केन्द्रित बनाउन आयोजकले विशेष नियम बनाएको छ। जसअनुसार प्रत्येक टिमले अन्डर–१६ (U-16) का एक जना र अन्डर–१९ (U-19) का दुई जना खेलाडी अनिवार्य रूपमा सहभागी गराउनुपर्नेछ भने दुई जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूलाई समेत टिममा समावेश गर्न पाइनेछ। नौ दिनसम्म चल्ने उक्त खेलमा स्याङ्जाका ११ पालिका मध्ये ९ वटा पालिकाको सहभागिता निश्चित भइसकेको र करिब २५० खेलाडीको जमघट हुने विश्वास अध्यक्ष शर्माले व्यक्त गर्नुभयो।

प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ नगद सहित बहुमूल्य रत्न, सुन तथा चाँदी जडित करिब ८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी, उपविजेताले १ लाख ५० हजार रुपैयाँ, तृतीय स्थान हासिल गर्ने पालिकाले १ लाख रुपैयाँ र सान्त्वना हुने टिमले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्