नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
शिक्षा तथा खेलकुद

जिल्लास्तरीय वक्तृत्वमा दहथुम मा.वि. का शिक्षक  चन्द्रकान्त प्रथम

गण्डकी प्रदेश सरकार समाजिक विकास युवा तथा खेलकुद मन्त्रालयको शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत स्याङ्जामा   भएको जिल्लास्तरीय  प्रतियोगितामा दहथुम माध्यमिक विद्यालयका शिक्षक चन्द्रकान्त उपाध्याय( मिलन समीर) प्रथम हुनुभएको छ। जिल्लाभित्रका स्थानीय तहमा उत्कृष्ट भएका शिक्षक र विद्यार्थी बीच एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा सम्पन्न प्रतियोगितामा भानु मा.वि. चापाकोटका शिक्षक नारायण पौडेल द्वितीय,काजिमान हरिटिका मा.वि. पुतलीबजारका नारायण रेग्मी  तृतीय र सार्वजनिक नमुना मा.वि. गल्याङका शिक्षक नविना चापागाई सान्त्वना  हुनुभएको छ । 

प्रतियोगितामा विद्यार्थीतर्फ  काजिमान हरिटिका मावि पुतलीबजारकी छात्रा युनिका भुजेलले प्रथम स्थान हासिल गर्नुभएको छ । त्यस्तै  द्वितीय, तृतीय, सान्तवना स्थानमा क्रमशः जनता मा.वि. कालीगण्डकीकी छात्रा दिपिका भट्टराई, बैडी मा.वि. चापाकोटकी छात्रा आरती बस्याल र महिमा मा.वि. हरिनाशका छात्र सिद्धान्त सिग्देल हुनुभएको छ ।  

कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थी र शिक्षक गरी ८ जनालाई क्रमश: रु ६ हजार, ४ हजार ५ सय, ३ हजार र २ हजार नगद एवं प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने शिक्षक र विद्यार्थीले जिल्लाको प्रतिनिधित्व गर्दै प्रदेशस्तरीय प्रतियोगितामा भाग लिनेछन्।

कार्यक्रममा बोल्दै शिक्षा विकास समन्वय इकाई स्याङ्जाका प्रमुख विश्वराज आचार्यले यस किसिमको कार्यक्रमले शिक्षकको क्षमता विकास, विद्यार्थीको सिकाइमा वृद्धिका साथै अन्तरनिहित प्रतिभा प्रस्फुटनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । एकिकृत सेवा कार्यालय प्रमुख जीवन पौडेलले प्रतियोगिताले विद्यार्थी र शिक्षकको ज्ञानको दायरा विस्तार हुनुका साथै नेतृत्व कलामा सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा मूल्याङ्कनकर्ताको रुपमा भगवती नमुना मा.वि.का  शिक्षक रामप्रसाद पाण्डे, वालिङ बहुमुखी क्याम्पस उपप्रध्यापक इन्दु श्रेष्ठ , शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत सुरेश सुवेदी रहनुभएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्