नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
शिक्षा तथा खेलकुद

हिमालय मा.वि. ले  मनायो ७८औं वार्षिकोत्सव

हिमालय माध्यमिक विद्यालयले आफ्नो ७८औं वार्षिकोत्सब धुमधामका साथ मनाएको छ। कास्कीको  मादी गाउँपालिका वडा ९ गोर्जेमा अवस्थित हिमालय मा.वि.   २००४ सालमा भाषा  पाठशालाको रुपमा स्थापना गरिएको थियो।

मादी गा .पा. वडा नं ८ र ९ को एकमात्र माध्यमिक विद्यालयले मादी गाउँपालिका अध्यक्ष  देबीजङ गुरूङको प्रमुख आतिथ्यतामा ७८ औं वार्षिकोत्सब मनाएको हो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङ्ले  सामुदायिक विद्यालयहरूले शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभएको  थियो।  शिक्षामा गुणस्तर वृद्धिका साथै संस्कारसहितको शिक्षाका लागि अभिभावक स्वयम् जिम्मेवार हुनुपर्नेमा  जोड दिनुभएको थियो। 
साथै समारोहका बिशिस्ट अतिथिको रुपमा रहनुभएका गण्डकी बिश्व विद्यालयका उपकुलपति डा. कृष्ण राज अधिकारीले यस विद्यालयले आफुलाइ ज्ञान संस्कार र नैतिकता सिकाएको बताउनु भयो ।कार्यक्रममा विद्यालयका विद्यालय व्यवस्थापन समितिका  अध्यक्ष  माधव प्रसाद अधिकारीले विद्यालयको  प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको  थियो।

कार्यक्रममा शैक्षिक सत्र  २०८१ को वार्षिक परीक्षामा  उत्कृष्ट अंक प्राप्त गर्ने  विद्यार्थीहरूलाई पुरस्कार र छात्रवृत्ति प्रदान गरिएको थियो।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव अधिकारीको अध्यक्षतामा सम्पन्न भएको वार्षिकोत्सब समारोह विद्यालयका शिक्षक दुर्गा देबी लामिछानेको स्वागतसँगै सुरू भएको  थियो भने कार्यक्रमको  संचालन शिक्षक शेखर प्रसाद कोइरालाले  गर्नुभएको थियोे ।समारोहमा   शिक्षक शेखर प्रसाद कोइराला  , मोहन ब क्षेत्री  र निर्मला घिमिरे लाई उत्कृष्ट शिक्षकको रूपमा   र शिक्षक शेखर प्रसाद कोइराला( कार्यालय संचालन तथा  लेखा विषय  ) र दुर्गा बहादुर गुरुङ (अङ्ग्रेजी विषय) लाई S.E.E .२०८१ को नतिजामा पालिकामा उत्कृष्ट  G.P.A मा प्रथम स्थान प्राप्त गराउन सफल हुनुभएको अबसरमा सम्मान गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्