नेभिगेशन
सुरक्षा/अपराध

महिलाको अश्लिल भिडियो शेयर गरेको आरोपमा  पक्राउ

सामाजिक सञ्जालमार्फत महिलाको अश्लील भिडियो शेयर गरी  दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

नक्कली फेसबुक खाता प्रयोग गरी अश्लिल भिडियो तयार पार्ने, ती सामग्री इन्टरनेटमार्फत पीडित महिलाका आफन्तहरूलाई पठाउने तथा गालीगलौज र धम्की दिने कार्यमा संलग्न रहेको आरोपमा ३२ वर्षीय सुजन खाँण ठकुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो।

पुतलीबजार नगरपालिका–८ निवासी ठकुरीलाई चैत १९ गते पुतलीबजार–१ स्थित शहिदचोकबाट नियन्त्रणमा लिइएको चौधरीले बताउनुभयो।

घटनासम्बन्धी विद्युतीय अपराध अन्तर्गत मुद्दा दर्ता गरी स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी कसैको मानहानि वा मानसिक यातना दिने कार्य नगर्न सर्वसाधारणलाई सचेत रहन समेत आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्