नेभिगेशन
स्वास्थ्य

नगर अस्पतालमा वार्षिक  सर्पदंशका   ३० बिरामीको उपचार

स्याङ्जाको चापाकोट नगर अस्पतालमा  संचालनमा रहेको जिल्लाकै पहिलो  सर्पदसं उपचार केन्द्रमाबाट स्थानीय नागरिकहरू प्रत्यक्ष लाभान्वित भएका छन्। चापाकोट नगरपालिका वडा नं ९ मा अवस्थित   सर्पदंश उपचार केन्द्रमा  वार्षिक औसत ३० जना बिरामीको उपचार हुने गरेको अस्पतालका मेडिकल अफिसर डा.अर्जुन पाण्डेले जानकारी दिनुभयो। डा. पाण्डेले सर्पदंशका बिरामीको खतराको अवस्था हेरेर अस्पतालमा उपचार सेवा प्रदान गरिएको बताउनुभयो। प्राथमिक उपचार पश्चात् बढी जोखिम भएका बिरामीहरूलाई पोखरा रिफर गरिदै आएको उहाँले जानकारी दिनुभयो।

Messenger_creation_99139FD7-3CBC-4C1B-8202-55AC1BB8829C-1748397026.jpeg
स्याङ्जाको मधेश भनेर चिनिने चापाकोटमा करेत सर्पको बढी बिगबिगी रहेको डा. पाण्डेले बताउनुभयो। सर्पको टोकाइले रगत र नसामा बढी असर पार्ने भएकाले समयमै उपचार नपाएमा तत्काल बिरामीको ज्यान जान सक्ने भएकाले सर्पले टोकेमा तत्काल उपचार गराउनुपर्ने उहाँले बताउनुभयो।

गर्मीयाम बढेसंँगै बिषालु सर्पहरु प्रशस्त देखिने  गर्दछन् । सर्पको टोकाइबाट बच्न तल उल्लेखित सावधानी अपनाउनुपर्ने डा. पाण्डेले बताउनुभयो:

१. वर्षाको समयपछि खेत रोपाईंका बेलामा सर्पको बारेमा विशेष ध्यान पुर्‍याउनुपर्छ।  यस्तो बेला सर्पहरु बाहिर निस्कने सम्भावना बढी हुन्छ।

२. रातको समयमा बाहिर निस्कदा उज्यालो बत्ति, टर्चलाइट, लालटिन, मात्रै निस्कने गर्नुपर्छ। 

३. घरवरपर सधैं सफा राख्नुपर्छ। घरवरपर  वा जंगलमा झाडी सरसफाइ  गर्दा घुँडासम्म आउने बाक्लो जुत्ता, रबरको बुट , पञ्जा र पूरा खुट्टा छोप्ने बाक्लो पाइन्ट लगाउने गर्नुपर्छ।

४. जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नांगो हातले समाउने , सर्पलाई जिस्काउने गर्नु हुँदैन। 

५. सकेसम्म खाट वा पलङमा  झुल लगाएर सुत्ने बानी गर्नुपर्छ।

६. रुख अथवा जमिनमा भएका प्वालहरुमा जथाभाबी हात छिराउनु हुँदैन।

७. जुत्ता लगाउँदा जुत्ताभित्र राम्रोसँग हेरेरमात्रै लगाउनुपर्छ।

८. भ्यागुता, मुसा, चरा, छेपारो आदि सर्पका आहारा भएकाले तिनलाई सकेसम्म घरभित्र बस्न दिनुहुँदैन।

९. सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली हाल्नुपर्छ।

१०. बालबालिकाहरुलाई सर्प हुनसक्ने ठाउँहरुका बारेमा जानकारी दिने र सावधान रहन सिकाउनुपर्छ।

११. सर्पको डसाइमा गरिने प्राथमिक उपचार थाह पाइराख्ने र नजिकको सर्पदंश उपचार केन्द्र वा अस्पतालका बारेमा जानकारी राख्नुपर्छ।


Messenger_creation_B5C7EABA-A2BB-4CD8-A5F5-CC0466C405D6-1748397025.jpeg
पालिकाले संचालन गरेको अस्पतालमा स्थानीय तथा छिमेकी जिल्लाहरुवाट समेत सेवाका लागी सहज भएको छ । २०४८ सालदेखी नै सुरू गरिएको सर्पदंश उपचार केन्द्र संघीयता पश्चात् थप व्यवस्थित र प्रभावकारी बनेको वडा नं ८ का अध्यक्ष टोपलाल न्यौपानेले जानकारी दिनुभयो।

प्रदेश जनस्वास्थ्य कार्यालय स्याङजाको तथ्याङक अनुसार चालु आर्थिक बर्षमा मात्र जिल्लामा १ सय तिन जना सर्पको डसाईवाट बिरामी परेका थिए । जसमध्ये चापाकोटमा मात्र ३० जना स्थानीय गरी अन्य पालीकावाट समेत उपचारका लागी आएका थिए । नयाँ वर्ष  २०८२ जेठ १० गतेसम्म  अस्पतालमा ५ जना  सर्पदंशका बिरामीले उपचार पाएका छन् ।

१५ सैय्याको  चापाकोट अस्पतालले विशेषगरी नगरभित्रका बिरामीलाई ओसारपसारका लागी निःशुुल्क एम्बुुलेन्स सेवा, इमरजेन्सी सेवा पोस्टमार्टम सेवा, दन्त उपचार सेवा, आँखा उपचार सेवा , फार्मेसी सेवा र सुरक्षित गर्भपतन सेवा प्रदान गर्दै आएको छ। अस्पतालमा ६ सय थरीका औषधि उपलब्ध छन्।

दैनिक सय भन्दा बढी बिरामीले सेवा लिने यो अस्पतालमा आधुनिक र व्यवस्थित भवन नहुँदा व्यवस्थित स्वास्थ्य सेवा प्रदान गर्न नसकिएको नगर प्रमुख देव बहादुर खाँणले  बताउनुभयो।  अस्पतालको  आफ्नै जग्गाकोे अभावले सोचे अनुरुपको थप सेवा प्रवाहका लागि समस्या रहेको नगरप्रमुख खाँणले बताउनुभयो ।   नगरपालिकाले नागरिकलाई आधारभूत स्वास्थ्य सुविधा प्रदान गर्न सहज बनाउन करिब ७ सय २५ जना विपन्न घरपरिवारको निशुल्क स्वास्थ्य बिमा गरिएको जानकारी दिनुभयो। हरेक वडाबाट ६०-७० घरपरिवारका दरले बीमा सेवा प्रदान गरिएको हो। अस्पतालमा रहेको  पोस्टमार्टमा सेवालाई व्यवस्थित बनाउन मर्चरी च्याम्बर ( मृत शरीर राख्ने फृज) मेसिन खरिद गरिएको र यही आर्थिक  वर्षमा संचालनमा आउने बताउनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्