नेभिगेशन
स्वास्थ्य

स्याङ्जामा थपिए  क्षयरोगका ८ जना नयाँ विरामी 

स्याङ्जामा क्षयरोगका ८ जना नयाँ बिरामी फेला परेका छन्। एआइ एक्सरे मेसिनको प्रयोग गरी  भीरकोट नगरपालिकामा  क्षयरोगको खोज तथा परीक्षण गर्दा ८ जन क्षयरोगका नयाँ विरामी पत्ता लागेको नगर स्वास्थ्य शाखाले जानकारी दिएको छ।

एआइ एक्सरे मेसिनको प्रयोग गरी  भीरकोट नगरपालिका वडा नं ९  को  कालिकाकोट स्वास्थ्य चौकीमा क्षयरोगको सक्रिय खोज तथा परीक्षण गरिएको थियो। पोर्टेबल एक्सरे मेसिनको प्रयोग गरी ३ सय ९३ जनाको छाती  परीक्षण गर्दा ८ जना नयाँ क्षयरोगका बिरामीको  स्वास्थ्य शाखा प्रमुख अन्जु सापकोटाले जानकारी दिनुभयो।

 क्षयरोग जाँच शिबिर नगरपालिकाको आयोजनामा र जन्त्र (JANTRA) को समन्वयमा, कालिकाकोट स्वास्थ्य संस्थाको सहकार्यमा सञ्चालन गरिएको हो। परीक्षणका क्रममा शंकास्पद २२ जना क्षयरोगका बिरामीहरूको खकार परीक्षणका लागि पठाइएको छ। यस प्रकारका सक्रिय खोज कार्यक्रमहरूले क्षयरोगको प्रारम्भिक पहिचान, शीघ्र उपचार, र समुदायमा सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्