नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
राजनीति

नेपाल खेलकुद महासंघ गण्डकी  प्रदेश  अधिवेशन सम्पन्न

नेपाल खेलकुद महासंघ गण्डकी प्रदेश कमिटीको दोस्रो  अधिवेशनबाट  सम्पन्न भएको छ । पोखरामा भएको अधिवेशनबाट बाेधराज गिरीकाे नेतृत्वमा ३५ सदस्यीय प्रदेश  कमिटी निर्वाचित भएको छ ।

अधिवेशनबाट उपाध्यक्षमा  रमेश कार्की र  ईश्वर अधिकारी निर्वाचित हुनुभएको छ। यसैगरी सचिवमा माधव क्षेत्री, उपसचिवमा विकास सुनार र  राजन गुरूङ निर्वाचित हुनुभएको छ। कोषाध्यक्षमा सवि गौचन, कार्यालय सचिवमा रामचन्द गिरी निर्वाचित हुनुभएको छ।  अधिवेशनबाट सदस्यहरूमा हरि बडुवाल, कुमार बहादुर क्षेत्री, रोशन छत्याल ,शिविन्द्र भण्डारी , लकी पुन,  सुमन विक्रम शाही, देवीका गिरी, दिल बहादुर थापा, नवीन गुरूङ, प्रदिप कु वि.क., काशीनाथ भट्टराई , नुर्वु घले, सपना श्रेष्ठ , शर्मिला देवकोटा , लुकु पुन, प्रमिला  गिरी, धनराज गुरूङ, सुरज क्षेत्री, भुमिश्वर भुषाल, सेत बहादुर पुन र माया क्षेत्री निर्वाचित हुनुभएको छ।

अधिवेशनको उद्घाटन नेकपा एमाले उपमहासचिव एवं नेपाल सरकार सुचना तथा संचार प्रविधि मन्त्री माननीय पृथ्वी सुब्बा गुरूङ गर्नु भएकाे थियाे । उहाँले नेपाल खेलकुद महासंघ नेपालमा खेलकुदको विकास विस्तार तथा खेलको क्षेत्रमा देखिएका तमाम प्रकारका असमानता र विभेदको अन्त्य गर्दै खेलको माध्यमबाट देशको गौरव र प्रतिष्ठा विश्व स्तरमा फैलाउने  लागि पर्ने विश्वास व्यक्त गर्नुभयो। खेलकुदको माध्यमबाट स्वास्थ्य नागरिक बनाउदै सुखी नेपाली समृद नेपाल नेपाली नारा सकार पार्न  खेलकुद महासंघ नयाँ ढङ्गले अगाडि बढ्नु पर्ने अवसर र चुनौती दुबै रहेको  रहेको उहाँको भनाई छ।

यसै गरी  नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी, प्रदेश कमिटी उपाध्यक्ष मीन प्रसाद गुरूङ, महासंघकाे केन्द्रीय अध्यक्ष  प्रशुराम बस्नेत उपाध्यक्ष  दिपेन्द्र दाहाल , उपाध्यक्ष एवं ईन्चार्ज तिरणदाज गाैतम महासचिव धरम बहादुर लामा  , सचिव  विष्णु पुन  स्थायी कमिटी सदस्य दिपेन्द्र पौडेल, निति तथा विज्ञ आयोग अध्यक्ष भरत गोदार लगायतले  संगठनलाई मजुबुद बनाई खेल अभियानहरु संचालन गर्न  खेलकुद महासंघ विशेष अभियानका साथ अगाडि बढ्नुपर्ने   धारणा राख्नु भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्