नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
स्वास्थ्य

नवग्रह मन्दिरमा मनाइयो योग दिवस

 ११ औं अन्तर्राष्ट्रिय  योग दिवस अबसरस्मा  स्याङ्जा जिल्लाको अर्जुन चौपारी गाउँपालिकाको आयोजनामा शनिबार नेपाल कै पहिलो नवग्रह मन्दिर परिसरमा योग दिवस मनाइएको छ ।

जीवन बिज्ञान केन्द्रका प्रशिक्षकद्वय निर्मला लम्साल र राधा अर्यालले योग तथा प्राणायामको फाइदाका बारेमा बताउँदै योग प्रशिक्षण दिएका थिए । कार्यक्रममा ६० भन्दा बढी स्थानीय तथा सर्वसाधारण को सहभागीता रहेकोे थियो । 

अर्जुन चौपारी गाउँ पालिका वडा नं. ६ का वडा अध्यक्ष नारायण प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा संचालन आयुर्वेद शाखा प्रमुख ललित थापाले गर्नुभएको थियो ।

अध्यक्ष ढकालले   गाउँपालिकाले  नसर्ने रोग  नियन्त्रण  र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न योग तथा सचेतनाका कार्यक्रमहरू हरेक वडाहरुमा संचालन गर्दै आएको बताउनुभयो ।

गाउँपालिकाले "नागरिकलाइ टेवा घर घरमा स्वास्थ्य सेवा" भन्ने मुल नाराका साथ नसर्ने रोग नियन्त्रण , हरेक वडामा नागरिक आरोग्य सेवा कार्यक्रम मार्फत योग तथा पन्च कर्मका कार्यक्रमहरु नियमित सन्चालन गर्दै आइरहेको आयुर्वेद शाखा प्रमुख  थापालेले बताउनुभयो।

साथै उपचार एवम् अन्य स्वास्थ्य परामर्शको लागि पालिका बाहिर जानुपरेमा स्वास्थ्य सहजकर्ताको व्यवस्था समेत पालिकाले गरेको पालिका प्रमुख प्रकाश तिवारीका स्वकिय सचिब भरत पोख्रेलले बताउनुभयो । स्थानिय स्तरमै जडिबुटि प्रसोधन गरेर चुर्ण औषधि समेत निर्माण गरि स्थानिय जनताको घर घरमा पुगेर साप्तहिक रुपमा स्वास्थ्य परामर्श र जिवन शैलि परिवर्तन गरिने समेत पोख्रेलले बताउनु भयो|

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्