नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
धर्म संस्कृति

हरिशयनी एकादशीको अवसरमा "गरिमा चौपारी" को परिकल्पना

हरिशयनी एकादशीको अवसरमा गरिमा विकास बैंक , बयरघारी शाखाले स्याङ्जाको प्रसिद्ध धार्मिक स्थल छाँयाक्षेत्र  परिसरमा वर , पिपल र समी वृक्षारोपण गरेको छ।वृक्षारोपण पश्चात्  ३ वटै  विरूवाहरूको तारबार समेत गरिएको छ। बिरुवा हुर्किएपछि सामाजिक उत्तरदायित्व अन्तर्गत गरिमा विकास बैंकले नै आकर्षक मौलिक चौपारी निर्माण गर्ने शाखा प्रमुख अरविन अर्यालले जानकारी दिनुभयो।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठ , वडा नं ४ का अध्यक्ष रत्नप्रकाश श्रेष्ठको समेत उपस्थिति रहेको वृक्षारोपण कार्यक्रममा बोल्दै शाखा प्रमुख अर्यालले चौपारीको नाम "गरिमा चौपारी" रहने बताउनुभयो। उहाँले प्राकृतिक  वातावरणको  संरक्षण  र धार्मिक आस्थालाई प्रवर्धन गर्न वृक्षरोपण गरिएको  बताउनुभयो।

वृक्षारोपण कार्यक्रममा बैंकका कर्मचारी, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी र स्थानीय भक्तजनहरूको समेत उपस्थिति रहेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप धर्म संस्कृति