नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
राजनीति

वरिष्ठ नेता डा. कोइराला स्याङ्जा आउँदै

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा केन्द्रीय सदस्य डा. शेखर कोइराला साउन २० गते मंगलबार  स्याङ्जा आउने हुनुभएको छ । संविधान सभा सदस्य तथा नेपाली कांग्रेस स्याङ्जाका पूर्व जिल्ला  सभापति स्व. कमल प्रसाद पंगेनीको सातौं स्मृति सभा तथा स्व. कमल प्रसाद पंगेनी स्मृति प्रतिष्ठानको प्रथम अधिवेशनमा सहभागी हुन डा. कोइराला स्याङ्जा आउन लागेको नेपाली कांग्रेस स्याङ्जाका कार्यवहाक सभापति केदार काफ्लेले जानकारी दिनुभयो।

नेपाली कांग्रेस स्याङ्जा जिल्ला कार्य समितिको आयोजना र नेपाली कांग्रेस भीरकोट नगर कार्य समितिको व्यवस्थापनमा हुन लागेको कमल पङ्गेनी स्मृती सभा एवं प्रथम अधिवेशनलाई कोइरालाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रीय कार्य समितिका सदस्य, पदाधिकारी, पालिका र वडा समितिका पदाधिकारी सहित जनप्रतिनिधि, शुभेच्छुक, शुभचिन्तक, पत्रकार, कृयाशील सदस्य तथा सम्बन्धित सबैलाई सहभागिताका लागि अनुरोध गरिएको छ । नेपाली काँग्रेसका कार्यबहाक सभापति केदार काफ्लेले वरिष्ठ नेता आउने कार्यक्रमका लागि सबै तयारी पुरा गरिएको जानकारी दिनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्