नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
राजनीति

गठनबन्धन सरकारले औचित्य पुष्टि गर्न सकेन : डा. कोइराला

नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली काँग्रेस र नेकपा एमालेलको गठबन्धन सरकारले आफ्नो औचित्य पुष्टि गर्न नसकेको बताउनुभएको छ। दुई ठुला पार्टी मिलेर संविधान संशोधन र सुशासनको बाचा गरेर गठबन्धन  सरकार  बनाएको भएपनि औचित्य पुष्टी गर्न नसकेको बताउदै डा. कोइरालाले औचत्य पुष्टी गर्न नसकेको सरकारको अर्थ नरहेको बताउनुभएको हो । यसैगरी उहाँले काँग्रेस र एमालेले चाहेर मात्रै संविधान संशोधन हुन नसक्ने बताउनुभएको छ। नेपाली काँग्रेस स्याङ्जाका सभापति एवं संविधानसभा सदस्य स्वर्गीय कमल प्रसाद पंगेनीको सातौ स्मृति सभा तथा स्व पंगेनी स्मृति प्रतिष्ठानको प्रथम अधिवेशनमा मङ्गलबार बोल्दै उहाँले सबैलाई मिलाएर मात्र हुने संविधान संसोधन हुने बताउनुभएको हो । 

काँग्रेसमा दुई खेमा रहेको बताउदै डा. कोइरालाले काँग्रेस पार्टी बनाउन भित्रको तिक्ततालाई हटाउनु पर्ने जिकिर गर्नुभयो । स्व. कमल पंगेनी र कोइराला फरक फरक खेमा भएपनि बिचित्रको दोस्ती रहेको बताउदै डा. उहाँले स्वर्गीय पंगेनीलाई सच्चा श्रद्धाञ्जलीको लागि एकल रुपमा निर्वाचनमा विजयी हुनु पर्ने बताउनुभयो । पार्टीको अधिवेशन कहिले हुन्छ एकिन नरहेको बताउदै डा. कोइरालाले चार बर्षमा हुने अधिवेशन एक वर्ष  र थप छ महिना थप्ने तर किन थप्ने कारण खुलाउनु पर्ने बताउनुभयो । 

शुसिलको पालामा संविधान बनाउन रोकिएको बताउदै डा. कोइरालाले क्रियाशिल सदस्यको लागि भनेर बाहाना बनाएर अधिवेशन रोख्न खोजिएको दाबी गर्नुभयो । अधिवेशन र निर्वाचनको बेलामा काँग्रेस चलायमान हुने गरेको बताउदै डा. कोइरालाले घात अन्तर्घात  समेत हुने गरेको बताउनुभयो । 

प्रचण्डसँग भेट गर्दा किन भेटेको भनेर सोधिएको बताउदै डा. कोइरालाले ठुला नेतालाई भेटनु संस्कार भएको र सबैले संस्कार बसाल्नु पर्ने बताउनुभयो । अहिले चर्चामा रहेको बहुविवाह समबन्धि ऐन ल्याने कुरा आएको बताउदै डा. कोइराले यो पास हुन नहुने बताउनुभयो । 

यस्तै नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले विपीले बनाएको घरलाई कतै चुहिने भए छाउनु पर्ने बताउनुभयो । विपीको विचारलाई बोकेर अगाडि बढ्नुपर्ने बताउदै गुरुङले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई सबैले अनुसरण गर्नु पर्ने बताउनुभयो । खुटा तानेर पहिलो बन्नेको हाबी भएको बताउदै गुरुङले यो खुट्टा तान्नेको चिन्तन मानसिकता नहटेसम्म पार्टी ठुलो नहुने बताउनुभयो । 

कसैको चरित्र हत्या गरेर राजनीति राम्रो बन्दछ भन्ने सोचिएको छ भने त्यो गलत हुने गुरुङको भनाई थियो । २०४६ साल पछाडिको नेताको सम्पती छानबिन गर्नुपर्ने बताउदै गुरुङले छानविन नगरेसम्म पार्टी नबन्ने बताउनुभयो । स्व. पंगेनीको कामलाई हेर्ने हो भने एक ग्रन्थ नै बन्ने बताउदै गुरुङले सच्चा योद्धालाई सम्मान गर्ने हो भने खुट्टा तान्ने काम छोड्नु पर्ने बताउनुभयो । 

कार्यक्रममा काग्रेसका केन्द्रिय सहमहामन्त्री भिष्मराज आङदाङवे, केन्द्रिय सदस्य टेक प्रसाद गुरुङ, सरस्वती तिवारी, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, उपसभापति कल्पना तिवारी, मेखलाल श्रेष्ठ, नेपाली काँग्रेस  स्याङ्जाका सभापति स्याङजा राजु थापा, प्रदेश सांसद भोजराज अर्याल, नेका स्याङ्जा प्रवक्ता भरत लम्साल लगायतले मन्तव्य राख्नु भएको थियो । यस्तै डा. कोइरालाले भीरकोटबाट बयरघारी, मोहनडांँडा, ठुली भञ्ज्याङ हुदै पर्वत जोड्ने सडकको नामलाई कमल पंगेनी मार्ग नामकरण गर्नु भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्