नेभिगेशन
स्वास्थ्य

उद्योग वाणिज्य संघको नेतृत्वमा बजार सरसफाई र सचेतना

भीरकोट उद्योग वाणिज्य संघको नेतृत्वमा बयरघारी बजारको सरसफाइ एवं डेङ्गु सचेतना कार्यक्रम सम्पन्न भएको छ। भीरकोट  उद्योग वाणिज्य संघ, भीरकोट नगरपालिका र नगरपालिका भित्र कृयाशील विभिन्न संघसंस्थाको सक्रिय सहभागितामा बजार क्षेत्रको सरसफाई गरिएको भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष नुवादत्त अर्यालले जानकारी दिनुभयो। रेकर्ड गरिएको जिङ्गल मार्फत स्वास्थ्य र व्यवसायिक सचेतना समेत फैलाइएको थियो।

1000034654-1754548011.jpg
बिहीवार भएको सरसफाई एवं सचेतना कार्यक्रममा दहथुम प्रहरी चौकी, लायन्स क्लब अफ भीरकोट,संन्त निरङ्कारी मण्डल , भीरकोट जेसिज, शुभलक्ष्मी सहकारी, आमा समूह, युवा क्लब लगायतको सहभागिता रहेको थियो। बजार क्षेत्रलाई सफा र स्वस्थ्य राख्न र जनचेतना जगाउने उद्देश्यले सरसफाई एवं सचेतना कार्यक्रम गरिएको लायन्स क्लबका संस्थापक अध्यक्ष याम प्रसाद अधिकारीले जानकारी दिनुभयो। सहभागीहरूले  प्रहरी चोकदेखि औडारे सम्मको सिद्धार्थ राजमार्गको दाँयाबाँया र भित्री बजार क्षेत्रमा पुगेर सचेतना र सरसफाइ गरेका थिए। 

सरसफाइ कार्यक्रमबाट  संकलित फोहर नगरपालिकाको सरसफाइ केन्द्रमा लगेर व्यवस्थापन गरिएको थियो। कार्यक्रममा नगर स्वास्थ्य शाखाका कर्मचारीको पनि सक्रिय सहभागिता रहेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्