नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
धर्म संस्कृति

गण्डकी कोटीहोममा आइतबारदेखि पण्डित दिनबन्धुले प्रवचन गर्ने

पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिवार आचार्य प्रशान्त कृष्ण पंराकुशजीलाई विदाई गरिएको छ ।

महायज्ञका संकल्पकर्ता, वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिलेले शनिवार विशेष कार्यक्रका बीच पंराकुशजीलाई विदाई गर्नुभएको  हो । उहाँले महायज्ञमा ९ दिनसम्म कथा प्रवचन गर्नुभएको  थियो। पंराकुशजीको विदाई कार्यक्रममा भक्तजन भावुक भएका थिए ।

यसैगरी महायज्ञमा  आइतवार  देखि वाचन प्रवीण पं. दिनबन्धु पोखरेलले प्रवचन गर्ने कार्यक्रम रहेको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए। उनका अनुसार वाचन प्रवीण पं. दिनबन्धु पोखरेलले जेठ ३ गते सम्म प्रवचन गर्ने कार्यक्रम रहेको छ ।

कोटिहोममा  जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुने महायज्ञ मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिनुभयो ।

यसै गरी पोखराका जारी कोटिहोममा शनिबावर प्रमुख अतिथिको रुपमा रहेका नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विश्व शान्तिको स्थापनाका निम्ति पोखरा जारी कोटिहोम कडिको रुपमा रहेको बताउनुभएको  छ।

शर्माले कलियुगको अत्यन्त ठूलो महायज्ञ भएकोले यो महायज्ञले विश्व शान्तिको स्थापना गर्न महत्वपूर्ण सन्देश दिएको बताउनुभयो ।

‘कलियुगमा यज्ञ गर्ने कमै हुन्छन्, अझै महायज्ञ गर्ने त विरलै भेटिन्छ’ शर्माले भने,‘कलियुगमा यति ठूलो ऐतिहासिक महायज्ञ गर्ने चानेचुने कुरा होइन्, यो महायज्ञको जति नै प्रशंशा गरे नि कमै हुन्छ ।’

महायज्ञका संकल्पकर्ता, वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिले गरेको यो कार्य उदाहरणीय भएको बताउँदै उहाँले यहाँ आउने भक्तजनले सकरात्मक उर्जा लिएर जानुपर्नेमा जोड दिनुभयो ।

 

‘म यहाँ अतिथि भन्दा पनि यो महायज्ञको दर्शन गर्न आएको हो’ उहाँले भन्नुभयो, ‘जव महायज्ञ स्थल आएर दर्शन गरे म अचम्मित भए कि पोखरामा यति ठूलो महायज्ञ गर्नुभएकोमा आयोजकप्रति आभार व्यक्त गर्दछु ।’ महायज्ञले सकारात्मक सन्देश दिएको बताउँदै उहाँले  महायज्ञबाट सबैले सकरात्मक उर्जा लिएर जान आग्रह  गर्नुभएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप धर्म संस्कृति