नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
धर्म संस्कृति

गौशाला चलाउन सांस्कृतिक कार्यक्रम 

स्याङ्जाको वालिङ नगरपालिका–८ काफलडाँडा रहेको धुनी  शिवालय फुलबारी गौशाला चलाउन वालिङमा लोक सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ।  छाडा चौपाया व्यवस्थापनका उद्देश्यले २०७६ सालमा स्थापना गरिएको गौशालामा अहिलेसम्म १७५ वटा गाई–गोरु आश्रित छन्।गौशाला व्यवस्थापन गर्न  आर्थिक समस्या भएपछि सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । आज (मङ्सिर १२ गते शुक्रबार )धुनी शिवालय गौशालाको आयोजना, इलेक्ट्रिकल एण्ड कनेक्टिङ वेल कम्पनीको मुख्य प्रायोजन र राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानको सहआयोजनामा चर्चित कार्यक्रम ईन्द्रणी टिम मार्फत सांस्कृतिक कार्यक्रम  आयोजना गरी आर्थिक  जुटाउने  प्रयास गरिएको हो ।

गौशालाका अध्यक्ष कमल सुवेदी,धार्मिक व्यक्तित्व एवम् लोकप्रिय पण्डित नेत्र पराजुली लगायतको पहल तथा प्रयत्नमा जसोतसो चलिरहेको गौशालामा पछिल्लो समय व्यवस्थापन जटिल बन्दै गएपछि कतारमा कार्यरत वालिङका स्थापित सहयोगीदाता नारायण पंगेनीले रारा इलेक्ट्रिकल एण्ड कनेक्टिङ वेल कम्पनीको मुख्य प्रायोजकमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।  ईन्द्रणी कार्यक्रमका सञ्चालक कृष्ण कडेललाई झण्डै साढे ३ लाख लगानी गरेर वालिङ् ल्याईएको स्रोतले जानकारी दिएको छ। 

गौशाला सहयोगार्थ समितिले  ‘ईन्द्रणी बृहत् सांस्कृतिक कार्यक्रम–२०८२’ आयोजना गर्न लागेको हो। सांस्कृतिक कार्यक्रममा चर्चित गायक पशुपति शर्मा, रामजी खाँण,घनश्याम रिजालले आफ्नो साँगितिक प्रस्तुती दिनुहुने आयोजकले जानकारी दिएको छ।

आयोजक समितिका अध्यक्ष सुवेदीले शुक्रबार दिउँसो ३ बजे वालिङ खेलमैदानमा हुने कार्यक्रममा सहभागी भई गौशालाको रसिद तथा क्युवारमार्फत आर्थिक सहयोग गर्न सरोकारवाला  सबैलाई सहभागी हुन अनुरोध गर्नुभएको छ। 

करिब ४०० वर्ष पुरानो शिवालयसँगै रहेको गौशालामा  धार्मिक–पर्यटकीय  सम्भावना  समेत रहेको छ। गौशाला व्यवस्थापनमा मासिक करिब १ लाख ५० हजार खर्च हुने गरेको छ।समितिले गौशालाको व्यवस्थापनको लागि दिगो आम्दानीको श्रोत पहिचान गर्दै यही सम्भावनालाई पर्यटनसँग जोड्ने तयारी पनि गरिरहेको छ।
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप धर्म संस्कृति