नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
राजनीति

स्याङ्जामा रास्वपाको घरदैलो अभियान

राष्ट्रिय स्वतन्त्र पार्टीले  स्याङ्जामा घरदैलो अभियानलाई तिव्रता दिएको छ। पार्टीले स्याङ्जा क्षेत्र नं १ को  अर्जुनचौपारी, बिरुवा ,हरिनास र पुतलीबजारमा जिल्ला पार्टी सभापति सभापती विश्वास भण्डारीको नेतृत्वमा  घरदैलो अभियान चलाइरहेको छ। जिल्लाका ११ वटै पालिकामा घरदैलो अभियान निरन्तर संचालन  गरिने रास्वपा स्याङ्जाका नेता बोधराज रेग्मीले जानकारी दिनुभयो।

घरदैलो अभियानमा अन्तर्गत शनिबार पार्टीले बिरुवा र हरिनासका विभिन्न गाउँबस्तीमा पुगेर  जनताका गुनासो र  सुझाव संकलन गरेको पार्टी सभापति भण्डारीले जानकारी दिनुभयो। घरदैलो  कार्यक्रम  अन्तर्गत बिरुवा गाउँपालिका वडा नम्बर १ को बिरुवा बजार, वडा नं २ को धोवादी , वडा नं ४ को खुदी ,  हरिनास गाउँपालिकाको  छेक्मा लगायतका विभिन्न स्थानमा घरदैलो अभियान गरिएको उहाँले बताउनुभयो।  

घरदैलो अभियानसँगै पार्टीले  नयाँ सदस्यता विस्तार, संगठन निर्माण र वडा अधिवेशन  जस्ता कार्यक्रमहरूलाई प्राथमिकताका साथ संचालन गरिरहेको उहाँले बताउनुभयो। रास्वपाको घरदैलो अभियानमा जनताको  उत्साहजनक साथ र समर्थन रहेको भण्डारीले बताउनुभयो। कार्तिक २५ गतेबाट संचालन भएको    घरदैलो र संगठन विस्तार अभियान  निर्वाचन लक्षित भएपनि   निरन्तर चलिरहने उहाँले जानकारी दिनुभयो।

1000041963-1764432013.jpg
घरदैलो अभियानमा रास्वपा नेताहरू डा.  धनन्जय रेग्मी, बेद प्रसाद दोरङा , गुरु प्रसाद ढकाल , बोधराज रेग्मी , दिलिप घिमिरे  ,उमा फुयाल  , रास्वपा बिरुवा  सभापती लोक प्रसाद  ,उपसभापती गणेश पौडेल , सचिव  थम नारायण  ,प्रशान्त लामिछाने   ,युब रेग्मी लगायतको सहभागिता छ।

पार्टीले स्याङ्जाको  क्षेत्र नं २ मा पनि घरदैलो अभियान संचालन गरिरहेको छ।गल्याङ, कालिगण्डकी र  चापाकोटमा  नगरपालिका रास्वपा नेताहरू झबिलाल डुम्रे , रेशमराज भण्डारी , सुरेन्द्र काफ्ले ,राम प्रसाद भुसाल, प्रकाश अर्याल, टिकाराम भण्डारी ,टिकाराम अर्याल , जगदिश गैह्रे लगायतले घरदैलो अभियानलाई तिव्र रूपमा संचालन गरिरहेको पार्टी सभापति भण्डारीले बताउनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्