नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
राजनीति

रास्वपाको क्षेत्र नं २ को निर्वाचन क्षेत्र समितिको संयोजकमा गैह्रे

राष्ट्रिय स्वतन्त्र पार्टीको   स्याङजा  निर्वाचन क्षेत्र  २ को निर्वाचन क्षेत्र समितिको संयोजकमा जगदिश प्रसाद गैह्रे निर्वाचित हुनुभएको छ। वालिङमा नगरपालिका वडा नं ८ मा भएको नेता तथा कार्यकर्ताको भेलाले गैह्रेलाई सर्वसम्मत निर्वाचित गरेको रास्वपा स्याङ्जाका सभापति रूक्मागत भण्डारी (विश्वास) ले जानकारी दिनुभयो। 

1000042062-1764521877.jpg
स्याङजा जिल्ला सभापति रुक्मागत भण्डारी (विश्वास )को  अध्यक्षता र  केन्द्रीय विभाग सदस्य झविलाल डुम्रेको प्रमुख आतिथ्यतामा भएको भेलाले एक सदस्य पछि थप्नेगरी ७ सदस्यीय निर्वाचन क्षेत्र समिती गठन गरेको हो।  समितिको सह संयोजक रमकला भण्डारी , सचिवमा नारायण पंगेनी, सदस्यहरूमा चोलाकान्त अर्याल, नारायण विक्रम खाँण र देउरुपा डुम्रे निवार्चित हुनुभएको छ ।

सबै सदस्य सर्वसम्मत निर्वाचित भएको  निर्वाचन समितिका संयोजक  एवं गण्डकी प्रदेश प्रशिक्षण प्रमुख डा.  तुलसी राम खनालले जानकारी दिनुभयो। पार्टीको विधान अनुसार  निर्वाचन समिति ७ सदस्य रहने व्यवस्था छ।एक सदस्य पछि  थप गरिने पार्टीले जानकारी दिएको छ। कार्यक्रममा रास्वपा वालिङका सभापति  सुरेन्द्र काफ्लेले स्वागत गर्नुभएको थियो भने संचालन रास्वपा गण्डकी प्रदेश प्रशिक्षण विभाग सदस्य प्रकाश अर्यालले गर्नुभएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्