नेभिगेशन
राजनीति

भीरकोटका  अर्याल स्याङ्जाका दुबै क्षेत्रबाट सिफारिस

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा नेपाली काँग्रेसबाट दर्जनौ उम्मेदवारले आधिकारीक रूपमा  इच्छा देखाएका छन् । जिल्लाका दुबै संघीय क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकतर्फ गरी ३३ जनाले आधिकारिक रूपमा दाबी पेश गरेका छन् ।  चुनावका आंकाक्षी उम्मेदवारहरूको नामावाली  जिल्ला सभापति राजु थापाले नेपाली काँग्रेसको केन्द्रिय कार्यालयमा  सिफारिस गर्नुभएको छ। जसमा  भीरकोट नगरपालिका वडा नं ७ का स्थायी बासिन्दा  उद्यमी खुमा प्रसाद अर्याललाई स्याङ्जा क्षेत्र नं १ र २ दुबैबाट सिफारिस गरिएको छ।

स्याङ्जा क्षेत्र –१ बाट प्रत्यक्षतर्फ ११ र समानुपातिकतर्फ ४ जनाले नाम दर्ता गराएका छन् । प्रत्यक्षतर्फ दाबी गर्नेमा खुमा प्रसाद अर्याल, धनराज गुरुङ, राजु थापा, मेखलाल श्रेष्ठ, गोविन्दबहादुर रानाभाट, बुद्धि बहादुर राना(कुमार), इन्द्रबहादुर रिजाल, अजित अधिकारी खेत्री, प्रेमराज पौडेल, भरतराज ढकाल र बन्दना कुमारी लम्साल हुनुहुन्छ।समानुपातिकतर्फ तुलसी गिरी, धनकुमारी थापा, नारायण ढकाल र दिलिपाश्री अधिकारीले दाबी पेश गर्नुभएको छ।

त्यस्तै, स्याङ्जा क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ ६ जनाले दाबी पेश गरेका छन् । प्रत्यक्षमा खुमा प्रसाद अर्याल, धनराज गुरुङ, गोपालमान श्रेष्ठ, भागवतप्रकाश मल्ल, मोहनप्रसाद पाण्डे, शेषकान्त पुरी, केदार काफ्ले, विष्णु पौडेल, युवराज पाण्डे, श्याम बस्याल, ध्रुव शर्मा पंगेनी र माया राना हुनुहुन्छ।समानुपातिकमा भूमि शर्मा पाण्डे, तुलसी नेपाली, देवका राना, विमला श्रेष्ठ, लिलबहादुर रनपाल र सूर्य माझीले दाबी पेश गर्नुभएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्