नेभिगेशन
राजनीति

रास्वपाको र्‍यापिड एक्सन टीम (RAT) को संयोजकमा लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी स्याङ्जाको   र्‍यापिड एक्सन टीम (RAT) को संयोजकमा प्रशान्त लामिछाने निर्वाचित हुनुभएको छ।  मङ्सिर २७ गते शनिबार सम्पन्न भएको जिल्ला भेलाबाट  Rapid Action Team (RAT) प्रशान्त लामिछाने को संयोकत्वमा  ५९ जना सदस्य  सर्वसम्मत निर्वाचित भएको रास्वपा स्याङ्जाका प्रवक्ता  प्रसन्न पौडेलले बताउनुभयो ।

जिल्ला सभापति रुक्मागत भण्डारी (बिश्वास) को सभापतित्व र  केन्द्रीय RAT विभागका सदस्य रामकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको जिल्ला भेलामा रास्वपा  नेता  डा.धनन्जय रेग्मी, विश्व गुरुङ, सहकारी विभागका केन्द्रिय सदस्य बोधराज रेग्मी, क्षेत्र न १ का संयोजक उमा फुयाल,जिल्ला सचिव प्रसन्न पौडेल,  बेद प्रसाद दोरङा, जिल्ला कोषाध्यक्ष शान्ता अर्याल ,पुतलीबजार सभापति डा. रीले बसन्त पङ्गेनी लगायतको उपस्थिती रहेको थियो।

निर्वाचन मण्डलको रुपमा गण्डकी प्रदेश प्रशिक्षण विभाग प्रमुख डा. तुलसी राम खनाल, जिल्ला कार्यसमिति सदस्य इ. दिलिप घिमिरे र बेद प्रसाद दोरङा रहनु भएको थियो।

विशेष गरेर जेन जी युवाहरु निर्वाचित हुनुभएको यो टीमको मुख्य उद्देश्य दैविक प्रकोप जस्तै बाढी, पहिरो,भुकम्प  जस्ता प्राकृतिक विपद्का साथै  मानवीय सेवा तथा सामाजिक कार्यहरुमा दुर्त रुपमा सहयोग गर्ने टीमको रुपमा काम  गर्नेछ र पार्टीले आयोजना गरेका कार्यक्रमहरुमा स्वयंसेवकको रुपमा काम गर्ने पार्टी सभापति भण्डारीले जानकारी दिनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्