नेभिगेशन
राजनीति

वडा अधिवेशनमा ८५ जना रास्वपा प्रवेश

राष्ट्रिय स्वतन्त्र पार्टी स्याङ्जाले वडा अधिवेशन र संगठन विस्तारको कार्यलाई आक्रामक ढंगले अगाडि बढाइरहेको छ। पार्टीले भीरकोट नगरपालिका वडा नं ३ को प्रथम वडा अधिवेशन सम्पन्न गरेको छ।वडा अधिवेशनकै दौरान एमाले काँग्रेस लगायतका  पुराना राजनीतिक दलको गतिविधिले निराश भएका ८५ जना राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।केन्द्रिय संगठन विभाग सदस्य झबिलाल डुम्रेले ८५ जना नवप्रवेशी सदस्यहरूलाई पार्टीमा स्वागत गरिएको जानकारी दिनुभयो। जेष्ठ नागरिकहरूको समेत उत्साहप्रद सहभागिता रहेको कार्यक्रममा उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले चाहे अनुसारको  समृद्धि, विकास र सुशासन पक्षमा अगाडि बढ्न साथ दिने बताएका थिए।

वडा नं ३ को कोखे देउरालीमा भएको प्रथम वडा अधिवेशनले प्रकाश खत्रीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ।नवनिर्वाचित वडा समितिको उपसभापतिमा  भुपराज खत्री, सचिवमा  तुलसी खत्री (पवित्रा) र सदस्यहरूमा  जगतबहादुर खत्री, दिलमाया बि.क., उमा राना, नुनमाया खत्री, रेशमबहादुर खड्का, दिपेन्द्र आले, शंकर काफ्ले,कल्पना बिक निर्वाचित हुनुभएको  छ।

गण्डकी प्रदेश सभापति राजन गौतमको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा केन्द्रिय संगठन बिभाग सदस्य झबिलाल डुम्रे, पर्यटन बोर्डका  पूर्व कार्यकारी अधिकृत  एवं रास्वपा नेता डा. धनन्जय रेग्मी, गण्डकी प्रशिक्षण विभाग प्रमुख डा. तुलसीराम खनाल, केन्द्रीय सहकारी विभाग सदस्य बोधराज रेग्मी, स्याङ्जा जिल्ला सभापति रुक्मागत  भण्डारी(विश्वास), उपसभापति यम प्रसाद भुसाल, सचिव प्रशान्त पौडेल, भीरकोट नगर सभापति मिन केसी, सचिव आनन्द चिलुवाल , र्‍यापिड एक्सन टिम (RAT ) विभागका जिल्ला संयोजक  प्रशान्त लामिछाने लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा गण्डकी प्रदेशको सभापति राजन गौतमले देश र जनताको समृद्धि र सुशासनको सपना पूरा गर्न सक्ने नयाँ पार्टी   भनेकै राष्ट्रिय स्वतन्त्र पार्टी मात्रै रहेको बताउदै  उहाँले पार्टीलाई अग्रणी स्थानमा पुर्‍याउनका लागि सबै जनताको साथ आवश्यक रहेको बताउनुभयो।  पार्टी सभापति रवि लामिछानेलाई प्रतिशोधका कारण कारागार चलान गरिएको बताउँदै  उहाँले रास्वपा युवा पुस्ताको पार्टी रहेकोे र जेनजी पुस्ताको माग सम्बोधन गर्न रास्वपालाई बहुमत दिनुपर्नेमा जोड दिनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्