नेभिगेशन
स्वास्थ्य

भीरकोटमा  जेष्ठ नागरिकको सम्मान र स्वास्थ्य परीक्षण 

भीरकोट नगरपालिकामा जेष्ठ नागरिकको सम्मान र स्वास्थ्य परीक्षण गरिएको छ। “हाम्रो साझा अभियान: ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान” भन्ने नाराका साथ ज्येष्ठ नागरिक दिवस–२०८२ को अवसरमा मेयरसँग ज्येष्ठ नागरिक कार्यक्रम अन्तर्गत स्वास्थ्य शिविर र सम्मान कार्यक्रम गरिएको हो।1000044829-1766815080.jpg

स्वास्थ्य शिविरमा  भीरकोट नगर अस्पतालका डा. राजिव झाको नेतृत्वम खटिएको स्वास्थ्यकर्मीहरूले जेष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरेको थियो। कार्यक्रममा  ५६ जना ज्येष्ठ नागरिकहरूले प्रेसर, सुगर, पिसाब, दम तथा हाडजोर्नीसम्बन्धी रोगको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएको नगर स्वास्थ्य शाखा प्रमुख अन्जु चापागाईंले जानकारी दिनुभयो। शिविरमा ज्येष्ठ नागरिकहरूको  स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै चिकित्सकीय परामर्शसमेत प्रदान गरिएको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख कर्माचार्यले ज्येष्ठ नागरिकहरू नगरका अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै उहाँहरूको स्वास्थ्य, सम्मान र संरक्षण नगरपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो। नगर उप–प्रमुख भगवती रेग्मी  अर्यालले  नागरिकहरूमा सकारात्मक ऊर्जा र आत्मसम्मान बढाउने बढाउन नगरपालिकाले कार्यक्रम गरेको बताउनुभयो।ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच बढाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम प्रभावकारी र उपलब्धिमूलक भएको आयोजक भीरकोट नगरपालिकाले जनाएको छ।

1000044823-1766815278.jpg
वडा नं ६ को खिलुङ देउराली स्वास्थ्य चौकीमा आयोजना गरिएको कार्यक्रममा  नगर प्रवक्ता दिपेन्द्र के.सी. , वडा नं ६ का अध्यक्ष  लक्ष्मण खत्री क्षेत्री लगायतका अन्य जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्