नेभिगेशन
राजनीति

रास्वपाको वडा अधिवेशन : १३ सदस्यीय कार्यसमिति गठन

आगामी फाल्गुन २१ गते हुने संघीय निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भीरकोट नगरपालिका वडा नं. ४ को प्रथम वडा अधिवेशन सम्पन्न गरेको छ। वडाको  दभुङ ठाँटीस्थित काफल पोखरीमा सम्पन्न भएको अधिवेशनबाट १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। 

सर्वसम्मत रूपमा ज्योति ढुङ्गानाको सभापतित्व चयन गरिएको नवगठित समितिको उपसभापतिमा दिपक ढुङ्गाना,सचीवमा कृष्ण प्रसाद रेग्मी , सह-सचीवमा  विष्णु कोइराला र सदस्यहरुमा बिमला थापा मगर , कमला थापा मगर,सानू सापकोटा (ढुङ्गाना),कृष्ण प्रसाद श्रेष्ठ ,लक्ष्मण अर्याल , सुमन थापा सारु, र सरोज थापा रहनुभएको छ ।

1000046509-1768581110.jpg
उक्त समितिबाट RAT  संयोजक पवन बस्नेतलाई चयन गरिएको छ । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी स्याङ्जा जिल्लाका जिल्ला सभापति विश्वास भण्डारी तथा केन्द्रीय सहकारी विभाग प्रमुख बोधराज रेग्मीको विशेष उपस्थिति रहेको थियो। भीरकोट नगरपालिकाबाट पार्टी सभापति मीन के.सी., सचिव आनन्द चिलुवाल लगायत नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।

अधिवेशनमा बोल्ने वक्ताहरूले पार्टीको संगठनात्मक सुदृढीकरण, सुशासन तथा जनउत्तरदायी राजनीतिक अभ्यासलाई प्राथमिकतामा राख्दै स्थानीय तहमा पार्टीलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। केन्द्रीय सहकारी विभाग प्रमुख बोधराज रेग्मीले भ्रष्टाचारविरुद्ध कडा कदम चालिने र गलत कार्य गर्नेहरूलाई कानुनी दायरामा ल्याइने स्पष्ट पार्नुभयो।

वडा समिति गठनसँगै भीरकोट क्षेत्रमा संगठन विस्तार तथा जनसरोकारका विषयमा पार्टीले सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ। यसै क्रममा पार्टी प्रवेश गर्नेको संख्या पनि उल्लेख्य रहेको नवनिर्वाचित सचिव कृष्ण रेग्मीले जानकारी दिनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्