नेभिगेशन
राजनीति

स्याङ्जामा २४ जनाको उम्मेदवारी कायम

स्याङ्जामा दुई निर्वाचन क्षेत्रका लागी २४ जना उम्मेदवारले प्रतिष्पर्धा गर्दैछन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि क्षेत्र नं १ र क्षेत्र नं. २ मा १२/१२ जना विभिन्न पार्टीका र स्वतन्त्र गरी २४ जनाले चुनावी मैदानमा भाग लिएका हुन् । शुक्रबार उम्मेद्वार फिर्ता लिने समयअवधिमा क्षेत्र नं. १ मा स्वतन्त्र १ जना, क्षेत्र नं. २ मा २ जना स्वतन्त्र र १ जना पार्टीका गरी ४ जनाले आफ्नो उम्मेद्वरी फिर्ता लिएसंगै जिल्लामा २४ जना उम्मेद्वार कायम भएका हुन् ।

प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट माघ ६ गते उम्मेद्वारी दर्ता गराएका टिकाराम रेग्मीले राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रेलाई समर्थन गर्ने सहमतिसंगै आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन् । क्षेत्र नं. १ का  स्वतन्त्र उम्मेदवार मनोज नेपाली दर्जी, क्षेत्र नं. २ का स्वतन्त्र उम्मेद्वार घनश्याम पाण्डे र दिलीप श्रेष्ठले आफ्नो उम्मेद्वारी फिर्ता लिएकोे निर्वाचन अधिकृत ऋषि पौडेलले बताउनुभयो ।

स्याङ्जामा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, मङ्गोल नेसनल अर्गनाइजेसन, प्रगतिशिल लोकतान्त्रिक पार्टी, उज्यालो नेपाल, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, जनता समाजवादी पार्टी, श्रम संस्कृति पार्टीका उम्मेदवारहरु रहेका छन् । यहाँ मुख्य गरी नेपाली कांगे्रस र नेकपा एमालेको प्रतिष्पर्धा देखिएको छ । यसअघि दुवै क्षेत्रमा जितेको नेपाली कांगे्रसले आफ्नो जित कायम राख्ने जोडमा छ भने नेकपा एमालेले २०७९ को हारलाई बदला लिने तयारीमा छ । यहाँ क्षेत्र नं. १ मा कांगे्रसका भरतराज ढकाल र एमालेका मिनप्रसाद गुरुङबीच चुनावी प्रतिष्पर्धा छ भने क्षेत्र नं. १ मा कांगे्रसका भागवतप्रकाश मल्ल र एमालेका खिमबहादुर थापाबीचमा प्रतिष्पर्धा हुनेछ । १९९ मतदानस्थल र ३२२ मतदान केन्द्र रहेका स्याङ्जामा २ लाख ४८ हजार ८१६ ले मतदाता रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्