नेभिगेशन
स्वास्थ्य

एचपिभी खोप फागुन ४ र ५ गते

आगामी फागुन ४ र ५ गते एचपिभी खोप कार्यक्रम संचालन हुने भएको छ। महिलाहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले सञ्चालन हुने खोप अभियान अभियानअन्तर्गत भीरकोट नगरपालिकामा १९ खोप केन्द्र तोकिएको छ। विद्यालय जाने कक्षा ६ मा अध्ययनरत तथा विद्यालय नजाने १० वर्ष उमेर समूहका बालबालिकालाई खोप दिइनेछ। भीरकोटमा करिब १ सय ६७ जना र स्याङ्जा जिल्लाभर १ हजार ७ सय ५४ जनालाई फागुन ४ र ५ गते खोप लगाइने कार्यक्रम छ।

भीरकोट नगरपालिकाका ५ संस्थागत र १४ सामुदायिक विद्यालयमा खोप शिविर सञ्चालन गरिने  छ। यो खोप चालु आर्थिक वर्ष ०८२/०८३ देखि नियमित खोप कार्यक्रममा समावेश गरिएको नगरपालिकाको जनस्वास्थ्य अधिकृत अन्जु सापकोटाले जानकारी दिनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्