नेभिगेशन
धर्म संस्कृति
महायज्ञ

रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ सुरू

स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं १३ को रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ सुरु भएको छ । सीपमूलक तथा व्यावसायिक शिक्षा प्रारम्भ गर्ने लक्ष्यसहित विद्यालयले माघ २६ गतेदेखि फागुन ४ गतेसम्म एक हप्ते श्रीमद्भागवत् धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ आइतबारबाट प्रारम्भ भएको छ ।

महायज्ञ उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पुतलीबजार नगरपालिकाका मेयर तुलसीराम रेग्मीले पुतलीबजार नगरपालिकाले शिक्षालाई विशेष प्राथमिकतामा राखी काम गरिरहेको बताउँदै यस विद्यालको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।कार्यक्रममा वडाध्यक्ष जुद्धबहादुर थापा मगर लगायत विशिष्ट अतिथिहरुको उपस्थिति थियो ।

पहिलो दिन कलश यात्राबाट महायज्ञ सुरु गरिएको थियो । कलश यात्रा रानीथुम्का स्कुल हुँदै तोरीखोला, लामपाटा, चारखुट्टे हुँदै पुलको मुख, आँधीखोला करिडोर हुँदै शिवथुम्का मन्दिर लगायतका स्थानमा पुगेको विद्यालयका शिक्षक माया गोदारले बताउनुभयो ।

धार्मिक तथा शैक्षिक उद्देश्यले सञ्चालित यस महायज्ञमा लक्षवर्ती  १००८ कलस पूजन, तुलादान, विवाह, व्रतबन्ध, १०८ शालिकराम परिक्रमा, ८४ पूजा, ग्रह शान्ति समेत गरिने सल्लाहकार संयोजक प्रेम केसीले बताउनुभयो ।

कक्षा ८ सम्म पढाइ हुने यस विद्यालयमा करिब ८० जना विद्यार्थीहरुले अध्ययन गर्दछन् । विद्यालयको भौतिक स्थिति राम्रो नहुँदा हाल भवनको अभाव भएको तथा व्यावसायिक शिक्षा सुरु गर्न पैसा चाहिने भएपछि विद्यालयले महायज्ञ आयोजना गर्न लागेको हो ।

विद्यालयको आर्थिक स्थिति सुधार्ने उद्देश्य  राखेर महायज्ञ गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मूल समारोहका अध्यक्ष मुक्तिनारायण सुबेदीले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप धर्म संस्कृति
जनै पूर्णिमा

जनै पूर्णिमा

सरस्वती पूजाको महत्त्व

सरस्वती पूजाको महत्त्व