नेभिगेशन
राजनीति

स्याङ्जा क्षेत्र नं १ मा  बैङ्कका पूर्व अध्यक्षहरूबिच रोमाञ्चक प्रतिस्पर्धा 

फागुन २१ गतेको संघीय निर्वाचनको सरगर्मी बढ्दै जादाँ स्याङ्जा क्षेत्र नं १ का  एकै बैंकका पूर्व अध्यक्षहरूबिचको प्रतिस्पर्धा रोमाञ्चक बनेको छ । क्षेत्र नं –१ मा प्रतिस्पर्धा गर्नु भएका मुक्तिनाथ विकास बैङ्कका पुर्व अध्यक्षहरू बिचको प्रतिस्पर्धा कडा र रोमाञ्चक देखिएको हो । 

यहाँ नेपाली कांग्रेसबाट आँधीखोला गाउँपालिका–६ बाट  मुक्तिनाथ बैंकका पूर्व अध्यक्ष तथा सीइओ भरतराज ढकाल र नेकपा एमालेबाट पुतलीबजार नगरपालिका –९ बाट पूर्व  अध्यक्ष मिन प्रसाद गुरुङ प्रतिस्पर्धी रहनु भएको छ । यो क्षेत्रमा रास्वपा, नेकपा सहित अन्य दल र स्वतन्त्र गरेर १२ प्रतिस्पर्धा रहेकोमा दुई  एउटै बैङकका दुई पूर्व अध्यक्षहरूको बिचको प्रतिस्पर्धालाई रोमाञ्चक ढंगले हेरिएको छ ।

मुक्तिनाथ विकास बैङ्क २०६३ पुस १९ गते खोल्दा २९ जना संस्थापक मध्ये ढकाल र गुरुङ सँगै रहनु भएको थियो । ढकालले बैंक खुलेसँगै ०६३ बाट १२ बर्ष सम्म सीइओ र ०७६ बाट ०८० सम्म अध्यक्ष भएर एक कार्यकाल काम गर्नु भएको हो । एमबीए सम्मको अध्ययन गर्नु भएका ढकाल मुक्तिनाथ विकास बैङकको अध्यक्ष छोडेसँगै मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ कृषि कम्पनीको अध्यक्ष समेत बन्नुभएको थियो । उहाँ नेपाल विद्यार्थी संघ हुदै नेपाली काग्रेस वित्तिय तथा सहकारी विभागको केन्द्रिय सदस्य अहिले रहनु भएको छ । 

पुर्व पत्रकार समेत रहनु भएका ढकालले नयाँ खबर साप्ताहिक चलाउनु भएको थियो भने नेपाल पत्रकार महासंघको स्याङजाको सस्थापक सदस्य रहनु भएको थियो । ढकाल जेनजी आन्दोलन पश्चात पहिलो पटक निर्वाचनमा होमिनु भएको हो । 

यस्तै एमालेबाट उम्मेदवार बन्नु भएको गुरुङ मुक्तिनाथ विकास बैङकमा दुई बर्ष अध्यक्ष बन्नु भएको थियो । बैङ्कको संस्थापक रहनु भएको गुरुङ ०७२ देखि ७४ सम्म अध्यक्ष बन्नु भएको थियो । गुरुङ संघीयतासँगै यहाँको क्षेत्र नं–१(क) बाट २०७४ मा उम्मेदवार बने पश्चात बैकको अध्यक्ष छाड्नु भएको थियो । 

राजनीतिशास्त्रमा एमए र कानुनमा स्नातक सम्मको अध्ययन गर्नु भएका उहाँ २०३६ सालमा अनेरास्ववियु पाँचौ स्याङजाको संस्थापक अध्यक्ष बन्नु भएको थियो ।

उहाँ रेडगार्ड, एमाले गाउँकमिटी सचिव हुदै जिल्ला कमिटी अध्यक्ष र अहिले प्रदेश उपाध्यक्ष रहनु भएको छ । प्रदेशसभामा एक कार्यकाल अनुभव सम्हालेका  उहाँको संघीय निर्वाचनमा पहिलो यात्रा हो । 

यहाँ मुख्य गरेर काग्रेसका ढकाल, एमालेका गुरुङलाई रास्वपाका डा. धनन्जय रेग्मी र नेकपाका शैलेन्द्र घिमिरे प्रतिस्पर्धी रहेपनि रोमाञ्चक प्रतिपर्धा भने एकै बैङकका दुई बैङकर बिच देखिएको छ । यस अघिका निर्वाचनमा यस क्षेत्रमा कांग्रेस र एमालेले नै जित्दै आएका छन् । 

यहाँ अघिल्लो निर्वाचनमा धैरै सिट जितेका चार दलले आ आफ्नो जित हुने दाबी भने गरेका छन् । दुई निर्वाचन क्षेत्र रहेको यहाँ क्षेत्र नं –१ मा एक लाख ३० हजार ८८६ मतदाता रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्