नेभिगेशन
राजनीति

स्याङ्जामा सबै उम्मेदवारले बुझाए निर्वाचन खर्च 

गत फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष तर्फ उम्मेदवार बन्नु भएको सबैले आफ्नो चुनावी खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाउनु भएको छ । 

दुई निर्वाचन क्षेत्र रहेको यहाँ क्षेत्र नं –१ एक स्वतन्त्र उम्मेदवारसहित  १२ जना र क्षेत्र नं –२ मा  २ स्वतन्त्रसहित  १२ जनाले उम्मेदवारी दर्ता गर्नु भएको थियो । यहाँ उम्मेदवार बन्नु भएका २४ सै जनाले प्रतिनिधि सभा निर्वाचन ऐन २०७४ को दफा ७२ बमोजिम निर्वाचन परिणाम घोषणा भएका ३५ दिन भित्र खर्च विवरण बुझाउनु भएको हो । 

यहाँ गत फागुन २३ गते क्षेत्र नं –१ र २४ गते क्षेत्र नं –२ को निर्वाचनको अन्तिम परिणाम घोषणा गरिएको थियो । निर्वाचनमा प्रतिस्पर्धा गर्नु भएका विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवारले निर्वाचन कार्यालय खर्च विवरण बुझाउनु भएको हो भने सामाजिक सञ्जालमा समेत राख्नु भएको छ । 

उम्मेदवारले मनोनयन दर्ता, मतदाता नामावली छपाई तथा फोटाकपी, प्रचारप्रसार, मतदाता प्रशिक्षण, सम्पर्क कार्यालय सञ्चालन, स्टेशनरी, सञ्चार शीर्षकमा  खर्च गरेका छन्। 


यहाँ क्षेत्र नं –१ म सबैभन्दा धेरै नेपाली काँग्रेसका उम्मेदवार भरतराज ढकालले २७ लाख नौ हजार ६६ खर्च गर्दा सबै भन्दा थोरै नेशनल रिपब्लिक नेपालका अर्जुनकुमार गुरुङले नौ हजार नौ सय ३१ रुपियाँ खर्च विवरण बुझाएको निर्वाचन अघिकृत श्रीराम थापाले जानाकारी दिनुभयो । 

यस्तै नेकपा एमालेका मिन प्रसाद गुरुङले २० लाख ५३ हजार ५५५, राष्ट्रिय स्वतन्त्र पार्टीका डा धनन्जय रेग्मीले १९ लाख ४० हजार, नेकपाका शैलेन्द्र घिमिरेले  तीन लाख पाँच हजार ४१८, ५७, प्रगतिशील लोकतान्त्रिक पार्टीका रनबहादुर विकले २ लाख ५७ हजार ४० रुपियाँ खर्च गर्नु भएको हो ।  

यस्तै मङ्गोल नेशनल अर्गानाइजेसनका यामबहादुर गुरुङले एक लाख ६० हजार २७० रुपियाँ, स्वतन्त्र अशोक बिष्टले एक लाख २८ हजार सात सय, राष्ट्रिय प्रजातन्त्र पार्टीका हुकुम बहादुर रानाले एक लाख १४ हजार ९५८ रुपियाँ निर्वाचनमा खर्च गर्नु भएको हो । 

यस्तै उज्यालो नेपाल पार्टीका रविन्द्र मल्लले ९७ हजार पाँच सय, श्रम संस्कृति पार्टीका पिरन गुरुङले ३९ हजार ११०, नेकपा माओवादीका सोमबहादुर परियारले १३ हजार २५० र नेशनल रिपब्लिक नेपालका अर्जुनकुमार गुरुङले नौ हजार नौ सय ३१ रुपियाँ खर्च गर्नु भएको हो । 
यस्तै क्षेत्र नं –२ मा सबै भन्दा धेरै रास्वपाका झवि लाल डुम्रेले १४ लाख २६ हजार ५९६ रुपियाँ खर्च गर्दा सबै भन्दा थोरै स्वतन्त्र सागर थापा मगर र जय मातृभूमि पार्टीका धनबहादुर थापाले १०/१० हजार मात्र खर्च गर्नु गरेको विवरण बुझाएको थापाले बताउनुभयो । 

यस क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी(एकिकृत माक्सबादी लनिनबादी)का खिमबहादुर थापाले १४ लाख २१ हजार १८०, नेपाली काँग्रेसका भागवत प्रकाश मल्लले १० लाख ४० हजार १५, नेकपाका पदम बहादुर विकले छ लाख ७८ हजार ४५०, नेशनल रिपब्लिक नेपाल पार्टीका तेजबहादुर थापाले एक लाख ५२ हजार १९५ रुपियाँ खर्च गर्नु भएको हो । 

यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका हरिदेव थापाले ९२ हजार ५८०, मङ्गोल नेशनल अर्गानाइजेसनका खर्कबहादुर थापाले ४८ हजार ७७५, राष्ट्रिय जनमोर्चाका राजेन्द्र गैह्रेले ४१ हजार ६६१, स्वतन्त्र खि बहादुर थापाले २८ हजार ७७०, राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन पाठकले २० हजार १०२ रुपियाँ निर्वाचनमा खर्च गर्नु भएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्