नेभिगेशन
स्वास्थ्य

स्याङ्जामा नि:शुल्क आँखा शिविर सञ्चालन हुने

सानिमा बैंक लिमिटेड, पुतलीबजार शाखा, स्याङ्जाको आयोजना तथा हिमालय आँखा अस्पताल, पोखराको प्राविधिक सहयोगमा स्याङ्जाका विभिन्न स्थानमा तीनदिने नि:शुल्क आँखा शिविर सञ्चालन हुने भएको छ।

शिविर अन्तर्गत पहिलो दिन असार ७ गते भीरकोट नगर अस्पताल, हेलुमा आँखा परीक्षण तथा स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिनेछ। दोस्रो दिन असार ८ गते क्षत्री समाज भवन, बयरघारीमा पनि निःशुल्क आँखा परीक्षण तथा स्क्रिनिङ गरिने सानिमा बैंकका पुतलीबजार शाखा प्रबन्धक प्रेम महतले जानकारी दिनुभयो। बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत आँखा अस्पतालसँगको सहकार्यमा आँखा शिविर संचालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो।

त्यसैगरी तेस्रो दिन असार ९ गते वालिङ नगरपालिका स्थित गह्रौं  प्राथमिक अस्पतालमा मोतियाबिन्दुका बिरामीहरूको निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरिने जनाइएको छ।

आयोजकका अनुसार मोतियाबिन्दु तथा अन्य आँखा सम्बन्धी समस्या भएका बिरामीहरूले शिविरमा सहभागी भई निःशुल्क सेवा लिन सक्नेछन्। स्थानीय बासिन्दालाई समयमै आँखा परीक्षण गराई स्वास्थ्य लाभ लिन पनि आग्रह गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्