नेभिगेशन
दुर्घटना/प्रकोप

स्याङ्जामा जीप दुर्घटना: २ जनाको मृत्यु, १७ जना घाइते

स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ बलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चालकसहित १७ जना घाइते भएका छन् । गल्याङबाट गल्याङ नगरपालिका–९ साङ्लियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको बलेरो जिप साँझ करिब पौने ६ बजे उकालो घुम्तीमा नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको हो ।

दुर्घटनामा  गल्याङ नगरपालिका - ८ का २५ वर्षीय  निशा पचभैया र  वडा नं. ९ का ६० वर्षीय   यम बहादुर बि.क.  को घटनास्थलमानै मृत्यु  भएको प्रहरीले जानकारी दिएको छ ।दुघटनामा परी २ जना गम्भीर घाइते भएका छन् । गल्याङ न.पा.९ साङलिया  बस्ने २७ वर्षीय बसन्ती बिश्वकर्मा र  ४८ वर्षीय देवी बि.क. दुर्घटनामा परी गम्भीर घाइते भएका हुन् ।बिश्वकर्माको  ढाडमा र बि.क. को टाउकोमा चोट लागेको छ । गम्भीर घाइते भएका उनीहरूलाई थप उपचारका लागि पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिएका छन् ।

दुर्घटनामा घाइते भएका ५ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने १० जनाको  गल्याङ नगर अस्पतालमा स्याङजामा उपचार भैरहेको छ  । दुर्घटनामा परी घाइते हुनेहरूमा गल्याङ न.पा.९ बस्ने २९ वर्षीय जिप चालक  दिपक बि.क.( टाउकोमा चोट अवस्था मध्यम), वडा नं. ८ बरादी बस्ने बर्ष १७ की स्नेहा परियार (बाँया खुट्टामा चोट अवस्था मध्यमडिस्चार्ज)  वडा नं. ९ तिन दोबाटो बस्ने १५  वर्षीय सुप्रिया थापा (टाउकोमा चोट अवस्था सामान्यडिस्चार्ज),  चितडाँडा बस्ने  ५६ वर्षीय  बोमा खनाल टाउको( बाँया खुट्टामा चोट अवस्था मध्यम ), साङलिया बस्ने १२ वर्षीय  समिर बि.क.(बाँया खुट्टामा चोट अवस्था सामान्यडिस्चार्ज), साङलिया बस्ने  १० वर्षीय  सगुन बि.क.(टाउको,दाहिने खुट्टामा चोट अवस्था मध्यम) , साङलिया बस्ने ६२ वर्षीय टोल बहादुर वि.क ( दुवै खुट्टा र डाडमा चोट अबस्था मध्यम) , तिनदोवाटो बस्ने  २१ वर्षीय असिसा पचभैया( बाँया हात र खुट्टामा चोट अबस्था सामान्य),  २५ वर्षीय अरुणा गाहा (अबस्था सामान्यडिस्चार्ज), ६२ वर्षीय को मेगनाथ खनाल ( दाहिने खुट्टामा चोट अबस्था सामान्य), ५५ वर्षीय राधामाया राना (टाउकोमा चोट अबस्था मध्यम),  साङलिया बस्ने  २२ वर्षीय गंगा विश्वकर्मा (बाँया खुट्टा र दाहिने हात अबस्था सामान्य) , ५१ वर्षीय दुर्गा बि.क  (छातीटाउको र खुट्टामा चोट अबस्था मध्यम), २५ वर्षीय पार्वती बि.क (बाँया खुट्टामा चोट अबस्था सामान्यडिस्चार्ज), ३२ वर्षीय यमकला खनाल (बाँया खुट्टामा चोट अबस्था मध्यम) रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्