नेभिगेशन
राजनीति

भीरकोटमा जाग्दै रास्वपा, एकैपटक दुई वडा अधिवेशन

स्याङ्जाको भीरकोट नगरपालिकामा राष्ट्रिय  स्वतन्त्र पार्टीका गतिविधिहरू बढ्न थालेका छन् । आफ्ना गतिविधिलाई तिब्रता दिंदै आएको रास्वपा भीरकोटले एकैपटक  वडा नं २ र  ६ को प्रथम वडा अधिवेशन  सम्पन्न गरेको छ । कार्यबहाक सभापति क्याप्टेन  मीन बहादुर के.सी. को संयोजनमा सम्पन्न भएको अधिवेशनबाट वडा नं २ को सभापतिमा रेशम के.सी., उपसभापतिमा निर्मला अधिकारी, सचिवमा  प्रकाश कार्की चयन हुनुभएको छ। यसैगरी सदस्यहरूमा रजनी अधिकारी, बोधराज अधिकारी, दीपेन्द्र के.सी., करिम बकस मिया, विष्णु पौडेल, बाबुराम कार्की, बिन्दु खत्री, सुरज कार्की र फत्त बहादुर जि.टी. चयन हुनुभएको छ।

अधिवेशनबाट वडा नं ६ को सभापतिमा मान बहादुर के.सी., उपसभापतिमा बसन्ती रेग्मी, सचिवमा  गंगा गोदार चयन हुनुभएको छ। यसैगरी सदस्यहरूमा  किशोर श्रेष्ठ, बेग बहादुर थापा, ख्याम बहादुर बि.क., फन बहादुर खत्री, गिजिन्द्र गाहा र खेमबहादुर अधिकारी चयन हुनुभएको छ।

अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका  गण्डकी प्रदेश इन्चार्ज झबिलाल डुम्रेले पार्टीलाई घेराबन्दीमा पार्ने विरूद्ध लड्न  संगठनलाई मजबुत बनाउनु आजको आवश्यकता रहेको बताउनुभयो।  पार्टीको क्षेत्र नं २ का सभापति टिकराज गुरुङले  सो कार्यक्रममा बोल्दै पार्टीलाई सकारात्मक ढंगले अगाडी बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा पार्टीका भीरकोट नगर सभापति सुरेश उच्चै  ठकुरीले पार्टीलाई मजबुत बनाउन सबै एकजुट हुनुपर्ने बताउँदै आगामी दिनमा यस भीरकोट नगरलाइ थप उचाइमा पुर्‍याउन रास्वपा आवश्यक रहेको बताउनुभयो ।  

कार्यक्रममा पार्टीका गण्डकी प्रदेशका सह महामन्त्री कृष्ण प्रसाद लम्साल, गण्डकी प्रदेश स्वास्थ्य विभाग प्रमुख रामचन्द्र रेग्मी , गण्डकी प्रदेशका प्रशिक्षण विभाग सदस्य प्रकाश अर्याल, स्याङ्जा जिल्ला सभापति रूक्मागत भण्डारी ( विश्वास),  चापाकोट नगर सभापती श्रीराम घिमिरे लगायतको उपस्थिति थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्