नेभिगेशन
राजनीति

नेपाली कांग्रेस भीरकोट  नगर सभापतिमा  खनाल  निर्वाचित

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत स्याङ्जाको को भीरकोट  नगरपालिकाको नगर सभापतिमा नन्दलाल खनाल  निर्वाचित भएका छन्। बुधबार सम्पन्न १५औँ नगर अधिवेशनबाट खनालको नेतृत्वमा नयाँ नगर कार्यसमिति निर्वाचित भएको हो। 

निकटतम प्रतिस्पर्धि तारा प्रसाद अर्याललाई २७ मतले पछि पार्दै खनाल विजयी भएका हुन्। अर्यालले१६४ मत प्राप्त गर्दा खनालले १९४ मत ल्याइ निर्वाचित भएका हुन्। निर्वाचनमा २४ मत बदर भएको निर्वाचन अधिकृत रामेश्वर रेग्मीले जानकारी दिए।

वडा नं ८ को अध्यक्ष समेत रहेका  खनालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। समितिको महिला उपसभापतिमा पार्वती बस्नेत, पुरूष उपसभापतिमा मन बहादुर गुरूङ, सचिवमा हरी प्रसाद अर्याल, सहसचिवमा सूर्य अधिकारी,  दलित सदस्य महिला तर्फ सबिता सिंह विश्वकर्मा  र पुरूषतर्फ मनबहादुर एस.के. , युवा सदस्य तर्फ विवश जि.टी., बिदुर कोइराला र लोकबहादुर गोदार निर्विरोध निर्वाचित भएका छन्। 

नवनिर्वाचित कार्यसमितिमा मनोनीत सदस्यसहित ४८ जना सदस्य रहने निवर्तमान सभापति याम प्रसाद अधिकारी (लक्ष्मण) ले जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्