नेभिगेशन
राजनीति

नेपाली कांग्रेस कालीगण्डकीको सभापतिमा भट्टराई निर्वाचित

नेपाली कांग्रेस कालीगण्डकी गाउँपालिकाको सभापतिमा नारायण भट्टराई निर्वाचित  भएका  छन्। नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत  भएको पालिका अधिवेशनमा सभापति पदको लागि भएको निर्वाचनमा भट्टराईले ११७ मत प्राप्त गरी विजयी भएका हुन्  ।  उनका प्रस्तिस्पर्धी  चक्रपाणी पाण्डेले १०१ मत प्राप्त गरेका थिए । कुल २४३ मतदाता रहेकोमा २२५ मत खसेको थियो  भने ७ मत बदर भएको जानकारी नेपाली कांग्रेस स्याङ्जा जिल्ला उपसभापति शेर बहादुर थापाले दिए ।

कालीगण्डकी गाउँपालिकामा पनि नेपाली कांग्रेसको पालिका अधिवेशन २०८३-०६-०७ गतेबाट सुरु भएको थियो। नेपाली कांग्रेस कालीगण्डकी गाउँपालिका सभापतिमा नारायण भट्टराई, चक्रपाणी पाण्डे र खिमानन्द पाण्डेको उम्मेदवारी परेको थियो। बुधबार  सहमति नजुटेपछि बिहीबार भएको  निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्ने निर्णय भएको थियो। बिहीबार सभापति पदको उम्मेदवारका लागि निर्वाचन शुरु हुन पूर्व खिमानन्द पाण्डेले उम्मेदवारी फिर्ता लिएपछि दुई उम्मेदवार बिच भएको निर्वाचनमा कालीगण्डकी गाउँपालिका -७ निवासी नारायण भट्टराई नेपाल कांग्रेस कालीगण्डकी गाउँपालिकाको सभापतीमा निर्वाचित भएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्