नेभिगेशन
राजनीति

युवा व्यवसायी अर्यालद्वारा कांग्रेस प्रदेश प्रतिनिधिमा उम्मेदवारी

युवा व्यवसायी तथा समाजसेवी गुणाखर अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रदेश प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।

३० वर्षीय अर्याल लामो समयदेखि व्यवसायसँगै सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनी लायन्स क्लब अफ पोखरा भद्रकालीका तथा बलमाटा युवा क्लबका अध्यक्ष, नेविसंघ भीरकोटका सल्लाहकार तथा बिजी बिल्डर्स निर्माण प्रा.लि. का सञ्चालक हुन्। युवा पुस्तामाझ सक्रिय र जुझारू व्यक्तित्वका रूपमा परिचित अर्यालले सामाजिक सेवा तथा युवाको क्षेत्रमा समेत निरन्तर योगदान दिँदै आएका छन्।

अर्याल २०६७  सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका  छन् । पार्टी संगठनलाई थप सुदृढ बनाउँदै युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिने उद्देश्यसहित प्रदेश प्रतिनिधिमा उम्मेदवारी दिएको उनले बताएका छन्।

व्यवसाय, सामाजिक सेवा र राजनीतिलाई सँगसँगै अघि बढाउँदै आएका अर्यालले युवालाई पार्टीको मूलधारमा जोड्ने, संगठनलाई गतिशील बनाउने तथा स्थानीय तहमा कांग्रेसको संगठनलाई थप मजबुत बनाउन आफ्नो भूमिका प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

युवा नेतृत्व, सामाजिक सक्रियता र राजनीतिक अनुभवलाई आधार बनाउँदै अर्यालले प्रदेश प्रतिनिधिको उम्मेदवारीमार्फत कांग्रेसको संगठनात्मक यात्रामा थप जिम्मेवारी लिन खोजेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै