नेभिगेशन
राजनीति

प्रदेश सभापतिमा युवा नेता दिपेन्द्र केसीको उम्मेदवारी

नेपाली कांग्रेसका स्थापित एवं जुझारु युवा नेता दिपेन्द्र केसीले पार्टीको आगामी १५ औं महाधिवेशन अन्तर्गत स्याङ्जा जिल्ला क्षेत्र नं १ प्रदेश सभा १ (क) को सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

लामो समयदेखि कांग्रेसको संगठन निर्माणमा अहोरात्र खटेका  केसीले सुस्त रहेको पार्टी संगठनलाई चलायमान बनाउन र युवाहरूलाई मूलधारको नेतृत्वमा स्थापित गर्न उम्मेदवारी दिएको बताए ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलबाट   सक्रिय राजनीतिमा होमिएका केसीसँग सफल सांगठनिक नेतृत्वको लामो अनुभव छ। उनले वि.सं. २०७० सालदेखि तरुण दल स्याङ्जाको क्षेत्र नं. २ को  अध्यक्षका रूपमा युवाहरूलाई संगठित गर्दै जिल्लामा पार्टीको बलियो जग बसालेका  केसीले  वि.सं. २०७४ र २०७९  स्थानीय तह निर्वाचनमा दुइ पटक वडा  नं. १ को अध्यक्षमा निर्वाचित भएका थिए  ।

मजबुत संगठन र युवा परिचालन मुख्य एजेन्डा
आफ्नो उम्मेदवारीबारे प्रष्ट पार्दै नेता केसीले हाल पार्टी संगठन केही सुस्त र निष्क्रिय अवस्थामा रहेकाले सबै तहका नेता तथा कार्यकर्ताहरूसँग प्रभावकारी समन्वय गरी कांग्रेसलाई पुनः सक्रिय र ऊर्जावान् बनाउनु आफ्नो मुख्य लक्ष्य रहेको बताए ।

"अब परम्परागत ढङ्गले मात्र पार्टी चल्न सक्दैन," नेता केसीले भने , "युवाहरूलाई नेतृत्व तहमा सम्मानजनक सहभागी गराउँदै उनीहरूको क्षमता विकास गर्नु र उनीहरूलाई उत्पादनमूलक एवं रोजगारी सिर्जना गर्ने क्षेत्रमा परिचालन गर्नु आजको आवश्यकता हो।"

उनले स्याङ्जाको विकासका सम्भावना भएका नयाँ क्षेत्रहरू पहिचान र कृषि क्रान्तिको स्पष्ट योजना र ठोस कार्यक्रमसहित समग्र क्षेत्रको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।

लामो सांगठनिक अनुभव, स्वच्छ छवि र विकासप्रेमी नेताका रूपमा परिचित केसीको उम्मेदवारीले स्याङ्जा कांग्रेसका कार्यकर्ता एवं युवाहरू माझ नयाँ उत्साह थपेको छ। उहाँलाई क्षेत्रका आम नेता तथा कार्यकर्ताहरूको बलियो समर्थन रहने विश्वास गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै