नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
पर्यटन/विकास

खेल पर्यटन प्रवर्द्धन गर्न सन्दिपको सम्मानमा क्रिकेट मैदान

नवस्थापित धार्मिक स्थल नवग्रह मन्दिर मार्फत धार्मिक पर्यटन प्रवर्द्धनमा अद्वितीय सफलता प्राप्त गरेको अर्जुन चौपारी गाउँपालिकाले खेल पर्यटन प्रवर्द्धनको  तयारी थालेको छ। खेल पर्यटन प्रवर्द्धन गर्न राष्ट्रिय क्रिकेटका  पूर्वकप्तान सन्दीप लामिछानेको सम्मान गर्दै उहाँकै जन्मथलो अर्जुनचौपारी गाउँपालिका–५ आरुचौर थाप्लेमा क्रिकेट मैदान निर्माणलाई तिब्रता दिइएको हो । गाउँपालिकाले  यो वर्ष गण्डकी  प्रदेशस्तरीय  टी - १० क्रिकेट प्रतियोगिता गर्नेगरी  सन्दीपको जन्मथलोमा क्रिकेट मैदान निर्माणलाई प्राथमिकता दिएको   हो। पालिकाले क्रिकेट प्रतियोगताको लागि गाउँसभाको १७ औँ अधिवेशनबाट आर्थिक वर्ष २०८२/८३ मा  २० लाख बजेट विनियोजन समेत गरेको छ ।1000033211-1752380429.jpg

क्रिकेटर लामिछानेले गाउँपालिकाले आफ्नो जन्मस्थलमा क्रिकेट मैदान बनाउन लागेकोमा खुशी व्यक्त गर्नुभएको छ। सामाजिक संजाल फेसबुक मार्फत उहाँले भन्नुभएको छ, "यो कुरा सुन्दा अत्यन्त सम्मानित र आत्मियताको अनुभूति भएको छ। अर्जुनचौपारी गाउँपालिका तथा जन्मथलोका  सबैजनाप्रति यस आत्मीय सम्मानका लागि हार्दिक धन्यवाद। यो मेरो लागि निकै अर्थपूर्ण छ, र आशा गर्दछु कि यसले हाम्रो गाउँका साथै बाहिरका थुप्रै युवा क्रिकेटरहरूलाई पनि प्रेरित गर्नेछ।"

राष्ट्रियस्तरको रङ्गशालाको मापदण्ड अनुसार निर्माण भैरहेको यो मैदान ९० मिटर गोलाकार रहेको छ । पालिकाले कम रकम खर्च गरेर क्रिकेट मैदान निर्माण सक्ने बताउदै तिवारीले पहिलो चरणमा मैदानलाई सम्माउने काम सकिएको बताउनुभयो । 

लामिछानेको सम्मानमा उनकै जन्मथलोमा पालिकाकाको लगानी  तथा पालिकाबासीसँगको जनश्रमदानमा क्रिकेट मैदान निर्माण अगाडि बढाएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो । पहाड भएपनि समथर रहेकाले क्रिकेट मैदान निर्माण अगाडि बढाएको बताउदै तिवारीले समयको माग र आवश्यकता अनुसार रङ्गशाला कै रुपमा विकास गर्ने बताउनुभयो । 

समुद्री सतहदेखि १ हजार ९ सय ७ मिटर उचाइमा रहेको थाप्लेमा निर्माणाधीन मैदानलाई पालिकाले ‘नाइन्टिन ओ सेभेन अरिना ’ नामाकरण गरेको छ । राष्ट्रियस्तरको रङ्गशालाको मापदण्ड अनुसार निर्माण भैरहेको यो मैदान ९० मिटर गोलाकार रहेको छ । पालिकाले कम रकम खर्च गरेर क्रिकेट मैदान निर्माण सक्ने बताउदै तिवारीले पहिलो चरणमा मैदानलाई सम्माउने काम सकिएको बताउनुभयो । 

बर्षाद सकिएसँगै सन्दीप लामिछाने समन्वय गरेर क्यान  स्याङ्जाको प्राविधिक सहयोगमा पीचनिर्माण हुने तिवारीले बताउनुभयो ।निर्माणधीन क्रिकेट मैदान नजिकै पर्यटकिय स्थल डहरे देउराली र एसियाकै पहिलो सामुदायिक घरबास सिरुबारी रहेको बताउदै तिवारीले क्रिकेट र पर्यटनलाई सँगसँगै जोडेर अगाडि लैजान बताउनुभयो । 

     

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्