नेभिगेशन
पर्यटन/विकास

पौवै खोलामा मोटरेबलको उद्घाटन

गण्डकी प्रदेश सरकारको लगानीमा बाडखोला–पौवैगौंडे–टक्सार–दुलेगौंडा सडकखण्डको पौवै खोलामा मोटरेबल पुल निर्माण गरिएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–५ पौवै खोलामा १५ मिटर लम्बाइ र ८.४ मिटर चौडाइको फूटपाथ सहितको पुल निर्माण गरिएको हो । पुलको शनिबार गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले उद्घाटन गर्नुभएको हो।1000033894-1753546018.jpg

पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय स्याङ्जा र राङ्खोला सिद्धबाबा निर्माण सेवाबीच ०८१ वैशाख १७ मा ठेक्का सम्झौता भएको थियो । २०८२ साउन १७ गते भित्र निर्माण सक्ने गरी भ्याट र पिएस सहित १ करोड ८६ लाख ९२ हजार  १ सय ८५ रूपैयाँ ७० पैसामा ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनीले   असार २३ गते पूल निर्माण सम्पन्न गरेको थियो।  १ करोड ७५ लाख ६९ हजार रुपैयाँमा पूल निर्माण सम्पन्न  भएको पूर्वाधार विकास कार्यालय स्याङ्जाका  प्रमुख दयाराम अधिकारीले जानकारी दिनुभयो । 

भौतिक पूर्वाधार मन्त्री केसीले प्रदेश सरकारले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर विकासको गति अघि बढाएको बताउनुभयो । सार्वजनिक लेखा समिति सभापति सुधीरकुमार पौडेलले प्रदेश सरकारप्रती  नकारात्मक टिप्पणी गरिए पनि प्रदेश सरकारले धेरै राम्रो काम गरिरहेको बताउनुभयो । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्