नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
पर्यटन/विकास

३० किमि पक्की सडक र २ पक्की पूल सम्पन्न

स्याङ्जामा धमाधम ग्रामीण क्षेत्रका सडक कालोपत्र भएका छन् । पूर्वाधार विकास कार्यालय, स्याङ्जाले आर्थिक वर्ष ०८१/०८२ मै ३० किलोमिटर सडक कालोपत्रे गरेको छ । ५० किमी कालोपत्रे गर्ने लक्ष्य लिएको पूर्वाधारले बहुवर्षिय योजनाहरु समयमै कालोपत्रे नहुदाँ लक्ष्यमा पुग्न नसकेको हो ।

पूर्वाधारले दामाचौर– हिलामर्‍याङ सडक १०.५ किमी, राङखोला –धोबादी –बिरुवा सडक ६.१ किमी, बिरुवा–किचनास सडक १.७ किमी, पिपलटारी –बोदी भञ्ज्याङ सडक सड्क १.५ किमी, पुतली खेत –सतौ दरौ सडक ३.१ किमी, ढोडोखेत–दाह्रेगौगा सडक दुई सय मिटर, अल्छीखोला–रानीपोखरी सडक ८५० मिटर, बयरघारी–बानेथोक सडक ८ सय मिटर कालेपत्र गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख दयाराम अधिकारीले बताउनुभयो ।

उहाँले पूर्वाधारले यो आर्थिक वर्षमा ६ वटा मोटरेवल पुल मध्ये पौवेगौडे र रातोखोला निर्माण सम्पन्न गरेको बताउनुभयो ।

1000033893-1753545961.jpg
यस्तै यसै आर्थिक वर्षमा पाँच वटा झोलुङे पुल निर्माण गरेका पूर्वाधार विकास कार्यालय स्याङजाले जनाएको छ । सडक कालोपत्रे भएसँगै धुलो र हिलोमा हिँड्न बाध्य भएका यहाँका स्थानीय नागरिकलाई सहज भएको छ ।

यस कार्यालयबाट ठेक्का सम्झौता भएका १२ वटा बहुवर्षिय योजनाहरु समय सकिदाँ समेत निर्माणले पूर्णता पाउन नसकेको हो । यहाँको मालुङ्गा–रुद्रबेणी सडक सम्झौता समय सकिन तीन महिना बाँकी रहदाँ ५५ प्रतिशत काम भएको छ भने सात महिना समय बाँकी रहदाँ रत्ने–सुन्तलाबारी सडकमा कामै छाडेर निर्माण कम्पनी हिँडेको छ ।

यस्तै, गल्याङ–चापाकोट, कोल्मा–ज्यामिरे, दरौ–आरुचौर, बायटारी–सेतिबेनी, किनारे–धुरकोट, जिमुवा–पाखिचौर, पिपलटारी–बोधिभञ्ज्याङ, अर्जुनचौपारी–रापाकोट, वालिङ–हुवाँस, बलमाटा–खिलुङको सम्झौता समय सकिदाँ सुस्त गतिमा निर्माण अगाडि बढेका  छन् ।

बहुवर्षिय योजनाहरु धेरै आर्थिक अभाव र केही निर्माण कम्पनीका कारण अलपत्र हुने गरेका छन् । पूर्वाधारले यस आवमा ७३.२६ प्रतिशत प्रगति गरेको छ भने एक अर्ब ३८ करोड तीन लाख ३४ हजारमा एक अर्ब एक करोड १२ लाख ६५ हजार खर्च गरेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्