नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
पर्यटन/विकास

एकपटक सिरूबारी घुम्न आउनुस् : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापाले स्याङ्जाको सिरूबारी होमस्टे भ्रमणका क्रममा सामुदायिक पर्यटनले गाउँमा ल्याएको परिवर्तनको प्रशंसा गर्दै सबैलाई एकपटक सिरूबारी घुम्न आह्वान गर्नुभएको छ।

मौलिकता , आतिथ्यता र सुविधा सबै पाइने सिरूबारी होमस्टेका सबै घरमा समान सुविधा पाइने बताउँदै थापाले होमस्टेको अनुभव लिन चाहने सबै नेपालीलाई एकपटक सिरूवारी आउन अनुरोध गर्नुभएको हो। आफू दोस्रो पटक आएको बताउँदै उहाँले भन्नुभयो, "सिरूबारीमा घुम्न आउने जोकोहीलाई पनि   ठिक ठाउँमा आएको अनुभूति हुन्छ।"

दक्षिण एसियाकै पहिलो होमस्टे गाउँका रूपमा परिचित सिरूबारी पुग्नुभएका  थापाले गाउँको सफाइ, संस्कृति र समर्पण देखेर आफू प्रभावित भएको बताउनुभयो। सिरूबारी गाउँ  पर्यटनको पाठशाला बनेकोमा खुशी व्यक्त गर्दै उहाँले गाउँ पर्यटनका नायक क्याप्टेन रूद्रमान गुरुङको योगदानको स्मरण गर्नुभएको थियो।

 थापाले स्थानीयबासीद्वारा प्रस्तुत सांस्कृतिक झाँकी, लोकनृत्य र स्वागत विधिबाट गहिरो प्रभाव पारेको प्रतिक्रिया दिनुभयो। उहाँले सामुदायिक पर्यटनको सफल मोडेलका रूपमा सिरूबारीले देखाएको बाटो देशका अन्य गाउँहरूका लागि प्रेरणा बन्ने बताउनुभयो।

“यहाँको सफा सडक, सुविधा , आतिथ्यता, संस्कृतिप्रतिको सम्मान र स्वाभिमानले हामी सबैलाई सिकाउँछ कि समृद्धिको बाटो आफ्नै समुदायबाट सुरु हुन्छ। गाउँ पर्यटनले गाउँमा युवालाई रोजगारी र समृद्धि  दुबैथोक प्रदान गर्ने भएकाले सिरूबारी जस्ता पर्यटकीय गन्तब्यको महत्त्व अझ बढी छ।  " थापाले भन्नुभयो।

गाउँलेको सक्रियता, आतिथ्यता र पर्यटनप्रतिको लगावप्रति प्रशंसा व्यक्त गर्दै सडक  पूर्वाधार विकासमा क्षेत्र नं १ का संघीय सांसद राजु थापाले खेलेको भूमिकाको पनि खुलेर प्रशंसा गर्नुभएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्