नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
प्रेरक प्रसंग

प्रेरक प्रसंग : प्रतिक्रिया

के तपाईंले कहिल्यै विवादको क्रममा अर्को व्यक्तिलाई चिच्याएर आफ्नो कुरा प्रमाणित गर्ने प्रयास गरेको देख्नुभएको छ? यो भन्दा असह्य अरू केही हुँदैन, हैन त?

एकदिन ग्रीक दार्शनिक सुकरातमाथि एक व्यक्तिले आक्रमण गरे। ती व्यक्ति असभ्य र अशिष्ट थिए। उनले झगडा गर्दै सुकरातलाई अपमानित गरे र  तल्लो स्तरको व्यवहार देखाए। आज पनि यस्ता व्यक्तिहरू धेरै पाइन्छन्। आफ्ना विचार प्रस्तुत गर्न नजान्नेहरू अक्सर आक्रामक बन्छन्।

तर, सुकरातले त्यसमा केही प्रतिक्रिया दिनुभएन। न उहाँ त्यो व्यक्तिसित रिसाउनुभयो न त झगडा नै गर्नुभयो।

त्यसपछि उहाँको  एक अनुयायीले  सोधे, “तपाईंले यस्तो व्यवहार किन गर्नुभयो?” सुकरातले महान विचार व्यक्त गर्दै भन्नुभयो, “यदि कुनै गधाले मलाई लात हानेको भए, म उसलाई अदालतमा लग्थेँ त?”

सुकरात भन्नुहुन्छ, ”  बुद्धिमान व्यक्ति कहिल्यै मूर्खको स्तरमा झर्दैन। कहिलेकाहीं मौनता नै सबैभन्दा सुन्दर जवाफ हुन्छ।  एक बुद्धिमान र सुन्दर व्यक्ति त्यो होइन, जसले ब्राण्डेड कपडा लगाउँछ वा महँगो सामान राख्छ, तर त्यो हो, जसले कसरी व्यवहार गर्ने, कहिले बोल्ने र कहिले मौन बस्ने कुरा जान्दछ।”

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रेरक प्रसंग
प्रेरक प्रसंग : परिचय

प्रेरक प्रसंग : परिचय