नेभिगेशन
समाज

रास्वपाद्वारा बालबालिकाको लागि ब्लाङ्केट र खाद्यान्न वितरण 

राष्ट्रिय स्वतन्त्र पार्टी स्याङ्जाले अमोर सेवा नेपालमा आश्रय लिइरहेका   बालबालिकाहरूलाई ब्लाङ्केट र खाद्यान्न वितरण गरेको छ। फेदीखोला गाँउपालिकमा अवस्थित अमोर सेवा नेपालमा समाजसेवी कमला पराजुलीको संरक्षणमा रहेका  ४३ जना  बाल बच्चाहरुका लागि ४६ थान व्लाङ्केट तथा खाद्यान्य सामाग्री वितरण गरेको रास्वपा स्याङ्जाका सभापती रूक्मागत भण्डारी (विश्वास)ले जानकारी दियो।

सहयोग वितरण कार्यक्रममा जिल्ला सभापति रुक्मागत भण्डारी, रास्वपा नेता एवं  पर्यटन बोर्डका पूर्व कार्यकारी प्रमुख डा.धनन्जय रेग्मी ,  केन्द्रीय सहकारी विभागका सदस्य बोधराज रेग्मी,गण्डकी प्रदेश समिति सदस्य गिरबहादुर  खत्री, जिल्ला सचिव प्रशन्न पौडेल, निर्वाचन क्षेत्र समिति १ संयोजन उमा फुयाल, कार्यसमिति सदस्य इ दिलिप घिमिरे, सुरेश उच्चै ठकुरी, पुतलीबजार नगरपालिका सभापति डा.बसन्त पंगेनी,फेदीखोला गाँउपालिका सभापति पुष्पराज शर्मा, स्याङ्जा पुतलीबजारका सकृय सदस्य वेद प्रसाद दोरङ्गा,पुतली बजार वडा नं ११ का सभापति प्रशान्त लामिछाने लगायतको उपस्थिति रहेको थियो । 

संस्थाको संचालक  कमला पराजुलीले   जाडोमा बालबालिकाको आवश्यकता बुझेर ब्लाङ्केट र खाद्यान्न सहयोग गर्नुभएकोमा रास्वपालाई धन्यवाद दिनुभयो। कार्यक्रम जिल्ला सभापति रूक्मागत भण्डारीको सभापतित्व र रास्वपा नेता एवं  पर्यटन बोर्डका पूर्व कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रमको संचालन  रास्वपाका जिल्ला सचिव प्रशन्न पौडेलले गर्नुभएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै